७ वैशाख २०८१ शुक्रबार
खेल

वावरिन्का च्याम्पियन

न्युयोर्क- स्विस खेलाडी स्टान वावरिन्काले आइतबार युएस ओपनको उपाधि जितेका छन्। यो जितलेपुरुष टेनिसमा ‘बिग फोर’ को समूहबाट ‘बिग फाइभ’ हुने सम्भावना देखाएको छ। २००५ पछिमा राफेल नाडालले पहिलो फ्रेन्च ओपनको उपाधि जितेका थिए। त्यसयता सर्बियाका नोभाक जोकोभिच, स्विट्जरल्यान्डका रोजर फेडेरर र बेलयतका एन्डी मरे मिलेर चार ठुला ग्रान्डस्लाम जित्दै पुरुष टेनिसमा आफ्नो वर्चस्व जमाएका थिए।

अर्जेन्टिनी हुँवा मार्टिन डेल पोर्टोले २००९ र मारिन किलिकले २०१४ मा युएस ओपनको उपाधि जित्दै ‘बिग फोर’ को समूहलाई चुनौती पेस गरेका थिए। अब स्विट्जरल्यान्डका वावरिन्का पनि त्यस समूहमा सामेल भएका छन्।

वावरिन्काले आइतबार शीर्ष वरीयताप्राप्त जोकोभिचलाई फाइनलमा ६–७(१/७), ६–४, ७–५, ६–३ को सेटमा पराजित गरेका हुन्। उनको जीवनमा यो तेस्रो ग्रान्डस्लाम हो। जुन ‘बिग फोर’ का सदस्य मरेसँग बराबरी हो। स्विट्जरल्यान्डका वावरिन्काले विम्बल्डनको उपाधि मात्र जित्न बाँकी छ। उनले तीनमध्ये दुई ग्रान्डस्लाम उपाधि जित्दा जोकोभिचलाई नै हराएका थिए।

‘उनी यसका हकदार हुन्। यसमा कुनै शंका छैन,’ २०१५ को फ्रेन्च ओपनको फाइनलमा पनि पराजित जोकोभिचले भने, ‘वावरिन्काले तीन ग्रान्डस्लाम जितेका छन् त्यो भिन्न भिन्न प्रतियोगिताको। उनी ओलम्पिकको पनि पदक विजेता हुन्। उनले लामो समययता ठूला प्रतियोगितामा राम्रो टेनिस खेल्दै आएका छन्। उनी एक स्थान माथि उक्लिएका छन्।’

वावरिन्काको  पहिलो ग्रान्डस्लाम २०१४ को अस्ट्रेलियन ओपन हो। तर, उनले आफूलाई ‘बिग फोर’ समूहसँग दाँज्न नमिल्ने बताए।

‘बिग फोरबाट म धेरै टाढा छु,’ वावरिन्काले भने, ‘विगतका प्रतियोगिता हेर्ने हो भने उनीहरूले लामोसमय जितिरहेका छन्। त्यसैले मलाई त्यससँग दाँज्न मिल्दैन।’

जोकोभिच२०११ र २०१५ का युएस ओपन विजेता हुन्। २९ वर्षे सर्बियाली जोकोभिच न्युयोर्कमा उपविजेता बनेर फर्किएको यो चौथोपटक हो।

प्रकाशित: २८ भाद्र २०७३ ०३:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App