coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

मौसम जो मकैको छ!

मकै नेपालको हरेक ठाँउमा पाइने खाद्यान्न हो । मकैबाट धेरै थरीका परिकारहरु बनाएको पाइन्छ । गाँउघरमा मकैलाई कुअन्नको रुपमा मानिन्छ, अन्य अन्न जस्तो महत्व दिइन्न । तर मकैले हाम्रो स्वाश्थ्यमा निकै राम्रो गर्ने पोषणविद् अरुण उप्रेती बताउछिन् । उनी भन्छिन्,‘नेपालीमा मकैबाट पाइने आवश्यक तत्वको  विषयमा सबैलाई राम्रो जानकारी नभएको र बिदेशी खाना प्रतिको मोहले नै मकैको परिकार धरापमा छ ।’ मकैबाट शरिरलाई फाईदा हुने उनी बताउछिन्।

लगनखेल स्थित धनमया लामा मकै व्यापार गर्छिन । मौसम अनुसारको तरकारी व्यापारी धनमयाले हिजो आज भने हरियो मकै संगै फर्सि, स्कुसका कलिला मुन्टा बेच्छिन् । ‘हरियो मकैको व्यापार राम्रो छ, मौसम जो मकैको छ ’ उनले भनीन् । प्रति गोटा मकैको १५ देखि २० रुपैया लिने उनी बताउछिन् । उनी भन्छिन्,‘गाँउघर तिर मकै खाने क्रम नै घटेको छ, खाजामा अचेल मकैको सट्टा चाउचाउ चल्छ शहरमा भने रहर हुनी ।’ कहिले कालीमाटि। कहिले चाँपागाँउ सम्म मकै लिन पुग्ने धनमयाले सडक व्यापार गर्न थालेको ८ बर्ष भैसक्यो । साउनको महिनामा ब्रर्त बस्ने ब्रतालुहरु आइतबारको दिन अबेर सम्म मकै खोज्न आउने उनी बताउछिन् । उनी भन्छिन्,‘ब्रर्तको समयमा मकै खादा शरिरलाई गाह्रो नहुने हुदाँ मकैको व्यापार राम्रो छ।’

मकैका परिकारहरु
मकैको परिकार आफ्नै इच्छा अनुसार तयार गर्न सकिन्छ । मकैको मौसममा मकैका धेरै परिकारहरु देख्न सकिन्छ । हरियो मकैलाई उसिनेर देखि तेलमा फ्राई गरेर खान सकिन्छ । सुकेको मकैको पिठो बाट रोटि, हलुवा, ढिडो लगायतका परिकार बनाउन सकिन्छ । दुधे मकैको खिर, च्याख्लाबाट खिर बनाउन पनि सकिन्छ । बजारमा उपलब्ध केहि मकैका परिकारहरु यसप्रकार छन्।

पोलेको मकै
पोको मकैको श्वाद मात्रै मिठो हुदैन शरिरलाई आवश्यक पोषणतत्व नी पाउन सकिन्छ । गाँउघरमा दाउराको भुंग्रोमा पोलेर तयार पारिएको मकै जस्तै शरहरका गल्लीहरुमा खान पाइन्छ । एक घुगो मकैको मुल्य २० रुपैया, २५ रुपैया पर्ने हरियो  मकै र लसुनको छोप नरुचाउने सायदै कोहि होलान् ? साउने झरि संगै पोलेको मकै खानेको लर्को देख्न सकिन्छ । ठमेल स्थित मकै पोल्न व्यस्त देखिन्छिन् । ठेलामा सानो तसला, तसला माथी दाउरा, केहि भुंग्रोमा मकै पोल्दै थिइन् सरिता थापा । ठेलामा हरेक दिन हरियो मकै पोल्नु सरिताको दैनिकी हो । उनी भन्छिन्,‘मकै पोल्ने काममा दुख त हुन्छ नै, तर कमाइ पनि हुन्छ ।’ ठमेलमा भएकाले स्वदेशी, विदेशी सबैले खाने उनी बताउछिन् । ‘कोहि कोहि कुइरेले त १०० रुपैया नै राख्न भनेर दिन्छन्, खुसी लाग्छ ।’ दुधिलो र गुलियो हरियो मकैलाई पोलेर खान रुचाउने उनी बताउछिन्।

मकैको च्याख्ला
हिजो आज नेपाली भान्छामा चामलको बिकल्पमा मकैको च्याख्ला उपयोगी बनेको छ । बच्चा देखि पाका सम्मलाई निकै उपयोगी मानीने च्याख्लाको प्रयोग कर्ता बढेको व्यापारी बताउछन् । श्वास्थ्यको हिसाबले मकैको च्याख्ला लाई निकै उपयोगी मानिन्छ । चामलमा पाइने कार्वहाइड्रेड च्याख्लामा पनि पाइन्छ । बिहानको खानामा भात खानेहरुले साँझको खानामा मकैको च्याख्ला खाने प्रचलन बढेको छ । मकैमा पर्याप्त कार्वोहाइड्रेट हुनाले सुगरका बिरामीहरुले मकैको च्याख्ला खादा सन्तुलन मिलाएर खानु पर्ने पोषणविद् अरुण उप्रेती बताउछिन् । उनी भन्छिन्,‘ भात र मकैको च्याख्लामा कावोहाइड्रेड प्रसस्त हुन्छ, सुगरको बिरामीले मकैको भात खादा फरक पर्दैन भन्ने सोचेर जथाभाबी खाने गरेको पाइन्छ जुन गलत हो ।’ मकैका परिकारलाई पौष्टिकताले भरिपुर्ण खानाको रुपमा लीन सकिने उनी बताउछिन् । मकैको च्याख्ला र चामल मिसाएर नया स्वाद लिने गरेको पाइन्छ । सधै खाना खान मन नलाग्नेका लागि च्याख्ला र चामल मिसाइएको भात बिकल्प हुन सक्छ।

मकैको ढिढो
गहुँको ढिडो, कोदोको ढिडोको लोकपृयता ह्वात्तै बढेको बजारमा मकैको ढिडो रुचाउनेको संख्या पनि बढेको पाइन्छ । लोकल कुखुराको मासु, गुन्द्रुकको साधेको अचार, लोकल घ्यु संग मकैको ढेडोको स्वादमा जो कोहि मोहित हुन्छ नै। 

मकैको ढिढो स्वाश्थ्यको लागि निकै लाभदायक मानिन्छ । बालाजु स्थित बिगत ५ बर्ष देखि होटल व्यवसाय सञ्चालन हुन् सुरेश सुवेदी । ग्राहकको अर्डर अनुसार साकारी, चिकेन, मटन ढिडो सेट तयार गर्ने उनी बताउछन् । उनी भन्छन्,‘बिदेशबाट आउनेहरुले बिशेष मकैको ढिडोको स्वाद लिन रुचाउछन्, बर्षै सम्म बिदेशी खानाले वाक्क भएको बेला मुखको स्वाद फेर्न खान्छन् ।’ एसेट ढिडोको मुल्य दुई सय रुपैया पर्ने उनी बताउछन् । उनी भन्छन्, ‘मानिसहरुमा मकैबाट शरिरलाई आवश्य पोषणतत्वको बारेमा जानकारी भएर खानु भन्दा पनि फेसनको रुपमा अरुले खाए, खाइदिम न त भनेर खान आउनेको संख्या धेरै रहेको छ ।’ नँया स्वादमा रमाउनेहरुको संख्या बढेकाले कहिलै नखानेले पनि दिढोको सेट अर्डर गरेको अनुभब उनी सुनाउछन्।

मकैको रोटि
दिउसोको खाजाको रुपमा मकैको रोटिको प्रयोग गरेको पाइन्छ ।  मकैको रोटि संग अधुवाको छोपको स्वाद लिन सकिन्छ । मकैको रोटिको प्रयोग म्यान्सिकन फुड आइटममा बढी गरेको पाइन्छ । पाटनकी रक्षा खड्का बिद्यार्थी हुन् । एमविविएस्को तयारी गर्न बसेकी उनी मकैको रोटि खान रुचाउने बताछिन् । उनी भन्छिन्,‘गाँउबाट आमा आउनु भएको समयमा मकैको पिठो ल्याइदिनु हुन्छ त्यहि बेलामा कहिले काहि रोटि बनाएर खाने गर्छु ।’ मकैको रोटि धेरै खान नसकिने उनी बताउछिन्।

मकैको रोाटि बँनाउदा स्वाद अनुसारको नुन, चिनी राख्न सकिन्छ । तावामा तेल वा घ्युमा बनाउन सकिन्छ । मकैको रोटि संग खान अधुवा, हरियो खुर्सानी र नुनु राखेको छोप तयार गरेर मकैको रोटिको स्वाद लिन सकिन्छ।

मकैको चिउरा
चिउरा भन्ने बित्तिकै चामलको भन्ने होला, तर नेपालको कति यस्तो ठाँउहरु छन् जहाँ मकैको चिउरा बनाइन्छ । मकैलाई चिउरोको रुप दिनलाई अधुवाको पात लगायत लसुनको पात राखेर तयार गरिन्छ । मकैको चिउरा संग तामाको तरकारी, करेलाको अचार, मौसमी साग संग खाने चलन छ । मकैको चिउरामा प्रसस्त मात्रामा शरिरलाई आवश्यक तत्वहरु हुनाले समय समयमा खानु श्वास्थ्यको दृश्टििकोणमा लाभदायक मानिन्छ । मकैको चिउराले नेपाली बजारमा चर्चा पाउन नसके पनि गाँउघरमा मकैको चिउरालाई खाजाको रुपमा व्यापक प्रयोग गरेको पाइन्छ।

पपकर्न
भुटेको मकैको फुला परेको परिकारलाई जहाँ ठेट्ना मकै हुँदैन त्यो नै पपकर्न हो  । शहरबजारमा फिल्महलमा बढी खाइने मकैको परिकार हो पपकर्न । सिनामा हलमा बिषेश पाइने पपकर्नको श्वाद सादा पपकर्न, चिज पपकर्न लगायतका श्वादमा पाइन्छ । सादा पपकर्नमा मकैको मात्र स्वाद हुन्छ भने चिज पपकर्नमा चिज राखिएको हुन्छ जसको स्वाद निकै फरक हुन्छ । बाहिर बेच्न राखिएको पपकर्न भन्दा सिनेमा हलमा ब्रेक टाइममा खानको लागि राखिएको पपकर्नको व्यापार बढी रहेको व्यापारी बताउछछन् । घरमा भुटेर तयार पारिएको मकै खान नाक खुम्च्याउनेहरु शहरका हलहरुमा गएर महंगो पैशा तिरेर खाएको पाइन्छ । बजारमा टोकरी, खर्पनमा बोकेर ठेट्ना मकै बेचेको देख्न सकिन्छ । सानो भाडाको २० रुपैया लिने ठेट्ना मकैको माग राम्रो रहेको व्यापारी बुद्ध किसान बताउछन् । किसानले खर्पनमा भुटेको मकैको व्यापार गर्न थालेको २० बर्ष भयो । उनी भन्छन्,‘व्यापार सुरु गर्दा ठ्ट्ना मकै  प्रति खासै मोह थिएन तर हिजो आज खान रुचाउने मान्छेको संख्या बढेको छ।’

प्रकाशित: २५ श्रावण २०७५ ०७:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App