अस्करमा पपुलर फिल्मलाई पनि अवार्ड

शुक्रबार, २५ साउन २०७५, ११ : ४८ एजेन्सी

लसएन्जल्स – विश्व प्रतिष्ठित फिल्म अवार्ड ‘अस्कर’मा यस वर्षदेखि नयाँ विधा थपिने भएको छ। कलात्मक फिल्मले मात्र अवार्ड उचालिरहने आरोप खेपेको आयोजकले यस वर्षदेखि दर्शकले रुचाएका चर्चित फिल्मलाई पनि चर्चित फिल्मको मनोनयनमा राख्ने निर्णय पारित गरेका छन्।

अवार्ड आयोजक अस्कर एकेडेमीको मंगलबार बसेको बोर्ड बैठकले मुख्य तीन कुरामा परिवर्तन गर्ने निर्णय लिएको गरेको छ। बोर्डले समीक्षकमाझ कम तर दर्शकबाट बढी लोकप्रिय फिल्मले पनि अस्कर अवार्ड जित्ने सम्भावना रहेको भन्दै त्यस्ता फिल्मलाई पनि मनोनयनको  बाटो खुला गरेको हो।

यो निर्णयले दर्शकले रुचाएको सुपरहिरो फिल्म ‘ब्ल्याक पेन्थर’ले पनि उत्कृष्ट फिल्मको अवार्ड पाउने सम्भावना बढेको छ। आगामी फेब्रुअरीमा हुने अस्कार अवार्ड वितरण समारोहमा दर्शकले यो नयाँ परिवर्तन हेर्न पाउनेछन्। एकेडेमीले आफ्ना सदस्यलाई एक सन्देश पठाउँदै नयाँ विधाको लागि आवश्यक योग्यता र अन्य आधारभूत व्याख्याका आधारमा अगाडि बढने जनाएको छ।

अघिल्ला वर्षहरूमा बक्स अफिसमा उत्कृष्ट व्यापार गरेका फिल्महरु ‘मामा मिया’, ‘अवतार’ र ‘मिसन इम्पोसिबल’को फ्रेञ्चाइजीलाई अस्करले प्रतिस्पर्धाका लागि अस्वीकृत गरेको थियो।

बोर्डले सन् २०२० को अस्कर वितरण कार्यक्रम पनि छोट्याउने निर्णय गरेको छ। अघिल्लो वर्ष अवार्ड वितरण ४ घन्टा चलेको र यसले टेलिभिजनको टिआरपी घटाएको भन्दै बोर्डले अघिल्लो संस्करण तीन घन्टामा सीमित गर्ने जनाएको छ । सन् २०२० को फ्रेब्रुअरीमा वितरण हुने अवार्ड २४ विधामा वितरण गरिनेछ।








यसमा तपाईको मत

अन्य समाचार

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...

बयलबासमा प्रभु बैंक

बयलबासमा प्रभु बैंक

प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...

होङ्सी शिवमको स्वास्थ्य शिविर

होङ्सी शिवमको स्वास्थ्य शिविर

होङ्सी शिवम् सिमेन्ट प्रालिका कर्मचारीको सहयोगमा चिनियाँ चिकित्सा टोलीले १६ पाल्पाको निस्दीमा पर्ने ज्यामिरमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको...

आइएमई लाइफको सभा

आइएमई लाइफको सभा

आइएमई लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad