७ वैशाख २०८१ शुक्रबार
अर्थ

साँगामा मेगाको शाखारहित बैंकिङ

काठमाडौं – मेगा बैंक नेपाल लिमिटेडले काभ्रेपलाञ्चोक जिल्लाको साँगामा शाखारहित बैंकिङ सेवा सुरु गरेको जनाएको छ। ग्रामीण क्षेत्रका बासिन्दालाई बैंकिङ पहुँच दिने उद्देश्यले यो कदम चालेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

उक्त सेवाको उद्घाटन मेगाका सहायक महाप्रबन्धक मनोज खड्का र जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धब केसी गरेका थिए।

उद्घाटन कार्यक्रममा बोल्दै सहायक महाप्रबन्धक खड्काले मेगा बैंकको ‘हलोदेखि हाइड्रोसम्म’ नारालाई चरितार्थ गरी ग्रामीण क्षेत्रका जनतालाई बैंकिङ सेवा दिन शाखारहित बैंकिङ सेवा सुरु गरिएको बताए।

जिल्ला समन्वय समितिका प्रमुख केसीले मेगा बैंकको शाखारहित बैंंकिङ सेवालाई काभ्रे जिल्लामा स्वागत गर्दै बैंकलाई अझ विकट क्षेत्रमा गई बैंकिङ सेवा दिन सुझाए। ग्रामीण क्षेत्रका बासिन्दालाई कमाएको पैसा बचत गर्न सिकाउनुपर्ने, समाज सुधारको लागि बैंकले पहल गर्नुपर्ने विचार व्यक्त गरेका थिए। समाज  सुधारिए मात्र बैंकको कार्यक्रममा सुधार आउने उनको भनाइ थियो।

प्रकाशित: २५ श्रावण २०७५ ०३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App