coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

प्रभु ग्रुपको ‘प्रभु पे’ सुरु

काठमाडौं – प्रभु ग्रुपले ‘प्रभु पे’ नामक नयाँ सेवा सञ्चालनमा ल्याएको छ। उक्त सेवा ‘वालेट अब मोबाइलमा’ भन्ने नारासहित ल्याएको ग्रुपले जनाएको छ।

नौलो तथा अत्याधुनिक प्रविधियुक्त उक्त सेवाबाट विभिन्न किसिमका सेवा पाइनेछ। उक्त सेवामार्फत बैंकबाट पैसा ट्रान्सफर गर्न मिल्नुका साथै बिजुली, पानी, टेलिभिजन लगायत सेवाको बिल भुक्तानी गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

साथै, किनमेलमा पैसा तिर्न, मोबाइलको रिचार्ज गर्न तथा बैंकमा डिपोजिट गर्न पनि सकिने छ। साथै युनियन पे तथा क्युआर कोड स्क्यान गरेर पनि पैसा तिर्न सकिने व्यवस्था रहेको जारी विज्ञप्तिमा उल्लेख छ।

यसलाई प्रयोग गर्न एन्ड्रोइड तथा आइओएस मोबाइल फोनको प्लेस्टोर या एप स्टोरमा गएर प्रभु पे नामक एप डाउनलोड गर्नुपर्छ।

उक्त सेवाको एप डाउनलोड गर्नेबित्तिकै आफ्नो मोबाइल वालेटमा ३० रुपैयाँ जम्मा हुनेछ। उक्त सेवा अन्य साथीलाई रिफर गरेमा थप ३० रुपैयाँ जम्मा हुनुका साथै उक्त रिफर एसेप्ट गर्ने साथीको मोबाइल वालेटमा पनि ३० रुपैयाँ जम्मा हुने व्यवस्था छ।

प्रकाशित: २५ श्रावण २०७५ ०३:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App