७ वैशाख २०८१ शुक्रबार
खेल

एसिया कपमा साकिब सहभागी नहुने

ढाका – बंगलादेशका अलराउन्डर साकिब अल हसनले बिहीबार औंलाको शल्यक्रियाका कारण एसिया कपमा आफ्नो सहभागिता नहुने संकेत गरेका छन्।

‘मेरो औंलाको शल्यक्रिया गर्नुपर्ने कुरा सबैलाई थाहा छ,’ साकिबले भने, ‘शल्यक्रियाका कारण मैले एसिया कप खेल्ने सम्भावना न्यून छ ।’ बंगलादेशले वेस्ट इन्डिजविरुद्धको तीन एकदिवसीय र तीन ट्वान्टी–२० शृंखला २–१ ले जितेको थियो।

गत जनवरीमा श्रीलंकासँग भएको एकदिवसीय खेलमा साकिबको बायाँ हातको कान्छी औंलामा चोट लागेको थियो । चोटका कारण उनले  श्रीलंकाविरुद्धको टेस्ट र ट्वान्टी–२० शृंखला गुमाएका थिए ।  साकिबले २०१९ को इङ्ल्यान्ड विश्वकप गुमाउन नचाहेकाले व्यस्त खेलतालिकालाई थाती राख्दै शल्यक्रिया गर्न लागेको बताए।

‘चोटका कारण म विश्वकप गुमाउन चाहन्नँ,’ साकिबले भने, ‘प्रतियोगिताअघि नै पूर्ण  रूपमा फिट हुनका लागि मैले शल्यक्रिया गराउन लागेको हुँ । त्यसैले एसिया कपमा मेरो सहभागिताको सम्भावना न्यून छ ।’ सेम्टेम्बर १५ देखि २८ सम्म युएईमा हुने एसिया कपमा बंगलादेशले समूह ‘बी’ मा श्रीलंका र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: २५ श्रावण २०७५ ०३:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App