७ वैशाख २०८१ शुक्रबार
खेल

कमिन्स र हाज्लेउडले शृंखला गुमाउने

मेलबर्न – तीव्र गतिका अस्ट्रेलियाली बलरद्वय पाट कमिन्स र जोस हाज्लेउडले संयुक्त अरब इमिरेट्स (युएई) मा पाकिस्तानविरुद्ध हुने शृंखलाका खेल गुमाउने भएका छन्। 

ढाडको समस्याका कारण कमिन्स र हाज्लेउडले शृंखला गुमाउने भएको क्रिकेट अस्ट्रेलिया (सिए) का फिजियोथेरापिस्ट डेविड बेक्लीले बताए । तथापि दुवैको समस्या सुधारोन्मुख रहेको उनले जानकारी गराए । ‘ढाडको हड्डीमा भएको समस्याले गर्दा उनीहरूले बलिङ गर्न सक्दैनन् । यही कारण अक्टोबरमा पाकिस्तानविरुद्ध खेल्न सक्ने अवस्थामा उनीहरू छैनन्,’ बेक्लीले भने।

भारतविरुद्ध घरेलु मैदानमा हुने चार टेस्टको शृंखलाअघि दक्षिण अफ्रिकाविरुद्ध नोभेम्बरमा हुने शृंखलासम्म कमिन्स र हाज्लेउड ठीक भइसक्ने उनको अनुमान छ। 

अक्टोबरमा हुने शृंखलामा अस्ट्रेलियाले पाकिस्तानसँग दुई टेस्ट, एक एकदिवसीय र एउटा ट्वान्टी–२० खेल खेल्नेछ। 

‘सकारात्मक पक्ष यसपालि मिचेल स्टार्क अभ्यासमा फर्किएका छन् । पाकिस्तानविरुद्धको खेलमा उनी टोलीमा समावेश भएका छन्,’ बेक्लीले भने। 

प्रकाशित: २५ श्रावण २०७५ ०३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App