६ वैशाख २०८१ बिहीबार
खेल

उल्भसमा ट्राउरे

लन्डन – यसै सिजन इङ्लिस प्रिमियर लिगमा पुनरामगन गर्ने तयारीमा रहेको उल्भसले बुधबार क्लबको कीर्तिमानी रकममा मिडल्ब्रोका स्पेनिस विंगर एडामा ट्राउरेलाई अनुबन्धित गरेको छ।

२२ वर्षे ट्राउरेलाई उल्भसले १० लाख ८० हजार युरोमा ५ वर्षका लागि अनुबन्धन गरेको हो ।  उल्भसमा यस सिजन अनुबन्धन हुने ट्राउरे पाँचौं खेलाडी हुन् । यसअघि उल्भसले रुई प्याट्रिसिया, जोनी कास्ट्रो ओट्टो, हुवाँ माउटिन्हो र राउल जिमिनेजलाई अनुबन्धन गरेको थियो।

२०११–१२ सिजनपछि प्रिमियर लिगमा फर्किएको उल्भसले शनिबार एभर्टनविरुद्ध खेल्दै नयाँ सिजनको सुरुआत गर्नेछ । यसअघि उल्भसले गत वर्ष पोर्चुगलका मिडफिल्डर रुवेन नेभेसलाई पोर्टोबाट क्लबको कीर्तिमानी १० लाख ६० हजार युरोमा अनुबन्धन गरेको थियो।

ट्राउरे २०१५ मा बार्सिलोनाबाट एस्टन भिल्ला भित्रिएका थिए । उनले २०१६ मा मिडल्ब्रोकासँग ४ वर्षको अनुबन्धन गरेका थिए । गत सिजन प्रिमियर लिगबाट रेलिगेसनमा परेको मिडल्सब्रोका लागि उनले गोलको खाता खोल्न सकेका थिएनन्।
उल्भसले गत सिजन  च्याम्पिनसिपको विजेताको हैसियतमा २०१२ पछि प्रिमियर लिगमा पुनरागमन गरेको हो।

 

प्रकाशित: २५ श्रावण २०७५ ०३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App