लागूऔषध धन्दा

सीमापारिदेखि काठमाडौंसम्म सञ्जाल

शुक्रबार, २५ साउन २०७५, ०८ : १५ मिथिलेश यादव

20


लहान - असार दोस्रो साता लागूऔषध नियन्त्रण ब्युरोले काठमाडौंबाट ठूलो परिमाणमा लागूऔषधसहित महेश बस्नेतलाई पक्राउ ग-यो। उनलाई विभिन्न किसिमका लागूऔषध (सुई, झोल, ट्याबलेट) सहित ब्युरोले पक्राउ गरी अनुसन्धान सुरु ग-यो। बस्नेतसँगको सोधपुछमा ब्युरोका प्रहरी अधिकारीले लागूऔषधको सञ्जाल पत्ता लगाए । त्यो हो, सीमापारिदेखि काठमाडौंसम्मको जालो । लागूऔषध सीमापारि (भारत) बाट आउने भए पनि खरिदकर्ता र सेवनकर्ता सीमावारि (नेपाल) कै रहेको अनुसन्धानबाट खुलेको छ।

सीमापारिबाट लागूऔषध खरिद गरी आफूकहाँ पु-याउने गिरोहका एक सदस्य सप्तरीको बलानबिहुल गाउँपालिका मौवाहा बेल्ही टोलका २८ वर्षीय श्रीप्रसाद यादव भएको बस्नेतले बयान दिएका छन् । उनकै बयानका आधारमा प्रहरीले यादवलाई असार २९ गते लहानबाट पक्राउ गरेको छ । सीमापारिका लौकाहा, खुटौना, लौकहीबाट लागूऔषध खरिद गरी लहानमा भण्डारण गर्ने र यहाँबाट सार्वजनिक सवारीसाधनमा राखेर काठमाडौं सप्लाई गर्दै आएको यादवमाथि आरोप छ। ब्युरोले उनी संलग्न रहेको गिरोहबारे सुक्ष्म अनुसन्धान गरिरहेको छ। असार तेस्रो साता उदयपुर प्रहरीले लालपत्तानजिकबाट करिब ६ सय एम्पुल लागूऔषध सुईसहित सोही ठाउँका भरत खड्कालाई पक्राउ ग-यो। खड्कालाई फेनारगन, लुपिजेसिक, डाइजेल्याबसहितका लागूऔषध प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट बरामद उक्त परिमाणको लागूऔषध काठमाडौं सप्लाई गर्ने तयारी गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

भारतीय सहर लौकाहा, खुटौना, लदनियाँ, पिपराही, जयनगर, कमलाबारीबाट भित्रिने लागूऔषध लहानमा भण्डारण भई सार्वजनिक सवारीसाधनमार्फत काठमाडौं पु-याउने गरिएको छ।

‘सीमापारिको लौकाहाबाट भित्र्याइएको उक्त परिमाणको लागूऔषध सार्वजनिक सवारीसाधनमार्फत काठमाडौं पु¥याउने तयारी थियो,’ उदयपुरका प्रहरी प्रमुख एसपी नवराज भट्टले भने। सीमापारिबाट भित्रिने लागूऔषध उदयपुर प्रहरीका लागि पछिल्लो समय टाउको दुखाइ बनेको छ। ‘प्रहरीले सघन अपरेसन गरेपछि सेवनकर्ता घटेका छन् तर सप्लायर्सको संख्यामा कमी आएको छैन,’ एसपी भट्टले भने। जबसम्म सीमामा कडाइ हुन्न तबसम्म सप्लायर्सको संख्यामा कमी नआउने उनको भनाइ छ । पहिला गाईघाट बजार र बजारमाथिका गाउँघरका युवा लागूऔषध सेवन गर्न पारि पुग्थे । पछिल्लो समय सेवन गरेर आएकामाथि समेत कारबाही चलाउन थालिएपछि उनीहरू निरुत्साहित भएको एसपी भट्टको दाबी छ । ‘अहिले चुनौती भनेकै सप्लायर्सलाई नियन्त्रण गर्नु हो,’ उनले भने।

लागूऔषध धन्दामा तीन तहमा मानिस परिचालन हुने गरेको एक सुरक्षा अधिकारीले बताए । पहिलो भरिया तह जो निश्चित रकम लिएर पारिबाट माल (लागूऔषध) वारि स्टक केन्द्रसम्म ल्याउँछ। दोस्रो, जसले स्टक केन्द्रबाट सवारीसाधनमा माल लोड गरेर काठमाडौं पु-याउँछ । तेस्रो, जसले काठमाडौंमा लागूऔषध फिँजाउँछ।

स्रोत भारतीय सहर
प्रहरीले बरामद गर्ने लागूऔषध सबै भारतीय सहरका औषधिपसलबाट भित्रिने गरेको पाइन्छ। सीमापारिका औषधि पसलबाट खरिद गरी ल्याउने लागूऔषध सीमामा तैनाथ सुरक्षाकर्मीलाई मिलाएर वारि ल्याउने गरिएको सीमावर्ती क्षेत्रका स्थानीय बताउँछन्। पछिल्लो समय सीमावर्ती भारतीय सहर लौकाहा, खुटौना, ललमनिया, जयनगर लागूऔषध कारोबारीका लागि सहज बजार भएका छन्। सप्तरीका बरसाईन, पातो, बेल्ही नाका हुँदै लागूऔषध सप्तरीको भेडियामा भण्डारण हुने गरेको सुरक्षा स्रोत बताउँछ। यहाँबाट सार्वजनिक सवारीसाधनमार्फत काठमाडौं पु-याइन्छ । भारतीय सहर लौकाहा, खुटौना, लदनियाँ, पिपराही, जयनगर, कमलाबारीबाट भित्रिने लागूऔषध लहानमा भण्डारण भई सार्वजनिक सवारीसाधनमार्फत काठमाडौं पु-याउने गरिएको स्रोतको भनाइ छ।

सिरहा र सप्तरीसँग जोडिएका भारतीय सहरबाट भित्रिने लागूऔषध काठमाडौंसम्म पु-याउन मधेस र काठमाडौंमा युवाको संगठित सञ्जाल छ।

‘क्यास’ कारोबार
लागूऔषध कारोबारीका अनुसार भारतीय बजारमा सुईजन्य लागूऔषध (लुपिजेसिक, फेनार्गन, डाइजिल्याब, ब्रुपिनोर्फिन, डाइजेपाम, नाइट्रासजिपाम) एक सेटको(चारथरी सुई) दुई सय नेपाली रुपैयाँ पर्छ । यही सेट सीमावारि भित्रिएपछि मूल्य बढेर सातसय रुपैयाँसम्म पुग्छ। यही सेट काठमाडौं पुगेपछि पन्ध्र सय रुपैयाँमै पनि लुछाचुँडी हुनेगर्छ। ‘लागूऔषधको कारोबार ‘क्यास’ मा हुने भएकाले यसको सञ्जाल संगठित रूपमै फैलिँदै गएको सुरक्षा अधिकारीहरू बताउँछन् । दुव्र्यसनीको संख्या बढेसँगै लागूऔषधको कारोबार पनि बढ्दै गएको छ। इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले लहान लागूऔषधको ट्रान्जिट बन्दै गएको र यसलाई भत्काउने चुनौती प्रहरीसामु रहेको बताए । ‘लागूऔषध भिœयाएर काठमाडौं सप्लाई गर्नेहरूलाई नियन्त्रणमा लिन सकिएको छैन,’ उनले भने, ‘स्थानीय गाउँसहरमा बिक्री गर्ने सेवनकर्ता र खुद्रा बिक्रेता सधैंजसो पक्राउ परिरहेका छन्।’

एसपी भट्टका अनुसार सिरहा र सप्तरी नजिकका भारतीय सहरबाट भित्रिने लागूऔषधले यहाँको समाजलाई दलदलमा पार्दैछ । लागूऔषधको त्रिवर्षीय तथ्यांकले पनि यस कारोबारको सञ्जाल फैलिँदै गएको देखाउँछ।

उदयपुर जिल्लामा ०७२/०७३ मा लागूऔषधको २४ वटा मुद्दा दर्ता भएका थिए। ०७३/०७४ मा यो संख्या २३ मा खुम्चियो। ०७४/०७५ मा बढेर ९७ पुगेको छ। आर्थिक वर्ष ०७४ साउनदेखि हालसम्म उदयपुरमा फोनारगन ९०३ एम्पुल, लुपिजेसिक ५८३ एम्पुल, डाइजेल्याब ३३६ एम्पुल, नोर्फिन २९९ एम्पुल बरामद भएको तथ्यांक छ। यी लागूऔषध सबै सिरहा र सप्तरी नजिकका भारतीय सहरबाट भित्रिएको प्रहरीले जनाएको छ।

चार सय कैदीबन्दीमा १५४ लागूऔषध कारोबारी

रेखा भुसाल

बुटवल - जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासत बाह्रै महिना खचाखच हुन्छ। अहिले पनि हिरासतमा अटाई–नअटाई ६३ जना छन् । तीमध्ये ४२ जना लागूऔषध मुद्दामा पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा पनि झन्डै ७० प्रतिशत थुनुवा लागूऔषध मुद्दाकै आरोपी छन्। भैरहवा कारागारको अवस्था उस्तै छ। भैरहवा कारागारका चार सय कैदीबन्दीमध्ये १ सय ५४ जना लागूऔषध मुद्दाकै छन्।

रूपन्देहीको बेलहिया नाकालाई लागूऔषधका तस्करले प्रयोग गर्न थालेपछि यहाँका हिरासत, कारागार लागूऔषधकै मुद्दाका थुनुवाले भरिएका हुन् । पक्राउ परेकामध्ये ७० प्रतिशत कैदीबन्दी बाहिरी जिल्लाका छन्। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डिएसपी कुमोध ढुंगेलका अनुसार कास्की, चितवन, बागलुङ, पर्वत, म्याग्दी, स्याङजा र काठमाडौंका धेरै युवा रूपन्देहीमा लागूऔषधसहित समातिएका छन् । त्यसमा कास्कीका धेरै छन्।

यो वर्ष रूपन्देही प्रहरीले ३ सय २५ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ। जसमा १४ वर्षे किशोरदेखि ४८ वर्षसम्मका छन् । यसमा १२ कक्षादेखि स्नातक तथा इन्जिनियरिङमा अध्ययनरत युवा पनि छन्। यीबाहेक लागूपदार्थ खान सीमापारि जाँदै गरेका तथा नशामा लठ्ठिएर फर्केका थुप्रै युवालाई प्रहरीले आफन्तको जिम्मा लगाएको छ।

रूपन्देहीको सीमावर्ती भारतीय बजार सुनौली र नौतनवामा नेपालमा प्रतिबन्धित ब्राउन सुगरजस्ता लागूऔषध खुला किनबेच हुनेगर्छ । सीमापारि सस्तोमा सजिलै उपलब्ध हुने भएपछि तस्करहरूले रूपन्देहीलाई ‘ट्रान्जिट प्वाइन्ट’ का रूपमा प्रयोग गर्ने गरेका हुन्।

सुनौलीका ‘मेडिकल’ मा लागूऔषध कारोबार
औषधि बेच्ने निहुँमा खोलिएका सुनौली बजारका करिब एक दर्जन मेडिकल(औषधि पसल) नेपालमा ड्रग्स सप्लाई गर्ने मुख्य अखडा बनेका छन्। नेपाली ग्राहक लक्षित ती मेडिकलमा स्पास्मो, नाइट्रोसन, डाइजेपाम, फेनारगन, लुपिजेसिक, कोरेक्स, टिडिजेसिकजस्ता लागूऔषध डाक्टरको प्रेस्क्रिप्सनबिनै भारी मात्रामा बिक्री हुने गरेका छन्। स्थानीय हिन्दुस्तान, समीर, प्रिया, जनता, खाँन, बर्मा, किसान, वैष्णव, मदन, सिफा मेडिकलमा मनोद्दीपक लागूऔषधसँगै ब्राउन सुगरसमेत किन्न पाइने पक्राउ परेकाहरू नै बताउँछन्। त्यस्तै सुनौली बजार र आसपासका गाँउहरू फरेना, कैलाशनगर, काली मन्दिरबाट ब्राउन सुगर नेपाल भित्रिन्छ।

‘सुनौलीका औषधि पसलमा नशायुक्त औषधि ठूलो परिमाणमा बिक्री हुन्छ,’ लागूऔषध नियन्त्रण ब्युरो भैरहवाका प्रहरी निरीक्षक कोसीबाबु जोशीले भने। उनका अनुसार ती पसल सञ्चालकले फोनबाटै ‘अर्डर’ लिएर लागूऔषध भैरहवा र बुटवलसम्म पु¥याएर तस्करलाई जिम्मा लगाउने गरेका छन्।

सीमापारिको खुला किनबेच र सहज नाकाका कारण लागूऔषधको तस्करी बढेको हो। तस्करीसँगै हरेक वर्ष दुव्र्यसनीको संख्या पनि बढ्दो छ । विशेषगरी युवा पुस्ता लागूऔषधको कुलतमा भासिँदैछ। तिनै दुव्र्यसनीलाई संगठित तस्करहरूले भरियाका रूपमा प्रयोग गरी अपराधकर्ममा तानिरहेको प्रहरी निरीक्षक जोशी बताउँछन्।

कानुन कडा, कार्यान्वयन कमजोर
लागूऔषध नियन्त्रणसम्बन्धी कानुन जति कठोर भए पनि यसको नियन्त्रणमा भने खासै प्रगति देखिँदैन। बर्सेनि लागूऔषध तस्करी, बिक्री वितरण तथा प्रयोगकर्ता बढिरहेको अध्ययन अनुसन्धानले देखाएको छ।

सरकारले लागूऔषध ओसारपसार र प्रयोग नियन्त्रण गर्न २०६३ मा राष्ट्रिय नीति बनाए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको दुव्र्यसनी न्यूनीकरण अभियानमा संलग्न नमुना एकीकृत विकास परिषद् भैरहवाकी अध्यक्ष ज्ञानु पौडेलले बताइन्। ‘दुव्र्यसनी नियन्त्रण गर्न लागूऔषध ओसारपसार र बिक्री वितरण नियन्त्रण गर्नुपर्छ। सहज उपलब्ध नहुने हो भने खानेको संख्या पनि स्वतः कम हुँदै जान्छ,’ उनले भनिन्।

भारतीय बजारबाट मनोद्दीपक लागूऔषध तथा ब्राउन सुगरको नेपालमा तस्करी भइरहँदा त्यसलाइ रोक्न न त नेपाल प्रहरी सक्षम देखिएको छ न त भारतीय पक्षले नै चासो दिएको छ। देशका मुख्य नाकामा खटाइएको लागूऔषध नियन्त्रण ब्युरोले पनि भरियामात्र समातेको छ। तिनका नाइके तथा संगठित गिरोह समातेको रेकर्ड छैन।

खुला सीमा र भारतीय सुरक्षा निकायको असहयोगका कारण लागूऔषध नियन्त्रणमा चुनौती थपिएको प्रहरी बताउँछ। ‘नेपालमा प्रतिबन्धित औषधि भारतमा वैध छ,’। ‘त्यस्ता लागूऔषध बिक्री र नेपालतर्फ तस्करी गर्न सघाउनेहरू यता आउँदैनन्। पारि गएर पक्रन मिल्दैन,’ प्रहरी नायब उपरीक्षक ढुंगेलले भने। दुई देशीय सीमा सुरक्षा बैठकमा पटकपटक यो विषयमा कुरा राखे पनि भारतीय पक्षले त्यसलाई रोक्न पहल नगरेको नेपाल प्रहरीको आरोप छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

यसरी फेक सब्सक्राइबर हटाउने काम आज देखि सुरु भएर डिसेम्बर २१ सम्म हुनेछ । ...

कस्तो माइक्रोवेभ किन्ने ?

कस्तो माइक्रोवेभ किन्ने ?

तपाईं पनि नयाँ माइक्रोवेभ किन्ने सोचमा हुनुहुन्छ भने यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

यो स्कूटरले नेपाली बजारमा पहिले देखि उपलब्ध भएका होन्डा ग्राजिया, टिभीएस एनटोर्क र हालै रिलिज भएको भेस्पा नोट्टेसंग प्रतिस्पर्धा गर्नेछ...

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

क्वाल्कमका अनुसार यस स्मार्टफोन प्रोसेसरले 5G नेटवर्कमा बहु जीबीसम्मको डाउनलोड स्पिड प्रदान गर्न सक्नेछ | ...

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

माइक्रोसफ्टको फन्ट मेकर एपबाट आफ्नै अक्षरको फन्ट बनाउन सम्भव छ ! ...

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

यो स्कूटरले नेपालमा उपलब्ध अन्य १२५ सिसिका स्कूटरहरुसंग प्रतिस्पर्धा गर्ने छ | ...

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

यदि स्मार्टफोन हरायो वा चोरी भइहाल्यो भने यी गर्नुहोस् : ...

१६ वटा क्यामरा भएको स्मार्टफोन

१६ वटा क्यामरा भएको स्मार्टफोन

यी १६ वटा क्यामराहरु ४x४ को ग्रिडमा राखिने छ | ...