coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नाम र स्थायी राजधानी तोक्न विशेष समिति गठन

रुपन्देही - प्रदेश ५ को प्रदेशसभा दोस्रो अधिवेशन प्रदेशको नामकरण र स्थायी राजधानी तोक्न विशेष समिति गठन गर्दै सकिएको छ। बजेट अधिवेशनका रूपमा गत वैशाख ३१ गतेबाट सुरु भएको दोस्रो अधिवेशन बिहीबार राति १२ बजेदेखि अन्त्य भएको हो।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख उमाकान्त झाले राति १२ बजेदेखि दोस्रो अधिवेशन अन्त्य गरेको पत्र बिहीबार बसेको प्रदेशसभा बैठकमा सभामुख पूर्णबहादुर घर्तीले सुनाएका थिए।

यसअघि दोस्रो अधिवेशनको अन्तिम बैठकमा सभामुख घर्तीले प्रदेश ५ को नाम र स्थायी राजधानी सिफारिसका लागि १५ सदस्यीयबिशेष समितिका सदस्यको नामघोषणा गरेकाथिए। विशेष समितिलाई तीन महिना भित्रप्रदेशको नाम र स्थायी राजधानीको सिफारिसका लागि समय तोकिएको छ। अस्थायी मुकाम रुपन्देहीबाट समिति सदस्यमा सांसद तुलसीप्रसाद चौधरी र रमा अर्याल रहेका छन्।

अधिवेशनको अन्तिम बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले विशेष सम्बोधनसमेत गरेका छन्। उनले प्रदेश नामकरण र स्थायी राजधानीका विषयमा बारम्बार प्रश्न उठ्ने गरेकाले अब यसको टुंगो लाग्ने बताए।

यसैगरि अर्घाखाँचीबाटकल्पनापाण्डे,चेतनारायणआचार्य, निर्मला क्षेत्री, बर्दियाबाटभुवनेश्वर चौधरी र दिपेश थारू, पाल्पाबाट नारायणप्रसाद आचार्य र वीरबहादुर राना, कपिलवस्तुबाट सहरसराम यादव र विष्णुप्रसाद पन्थी छन्। यस्तै सरस्वती गौतम (दाङ), दिनेश पन्थी(गुल्मी) र तारा जिसी (प्यूठान) रहेका छन्। समितिमा पश्चिम नवलपरासी र रुकुम पश्चिमबाट प्रतिनिधित्व छैन।

प्रदेशको नामकरण र स्थायी राजधानी तोक्न सरकारले ढिलाइ गरेको भन्दै सांसदहरूले बारम्बार प्रश्न उठाइरहेका थिए। समितिले प्रतिवेदन बुझाए पनि प्रदेश नामकरण र स्थायी राजधानीको अन्तिम टुंगो भने प्रदेशसभाको दुईतिहाइ बहुमतले निर्णय गर्ने संवैधानिक व्यवस्था छ। यस्तै प्रदेशसभाको कामलाई चुस्त बनाउनका लागि प्रदेशसभाले विशेषाधिकार समिति पनि गठन गरेको छ। ११ सदस्यीय समितिमा अमरबहादुर डाँगी (दाङ), अष्टभुजा पाठक (रुपन्देही), कमलराजश्रेष्ठ(गुल्मी), कल्पना पाण्डे(अर्घाखाँची), तारा जिसी(प्यूठान), तेजबहादुर वली (रुकुम)पार्वती पुन(बाँके), फखरुद्दिनखान (रुपन्देही), बाबुराम गौतम (बाँके), सन्तोषकुमार पाण्डेय (रुपन्देही) र हरिप्रसाद रिजाल (प्यूठान) सदस्य छन्।

मुख्यमन्त्रीको विशेष सम्बोधन
अधिवेशनको अन्तिम बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले विशेष सम्बोधनसमेत गरेका छन्। उनले प्रदेश नामकरण र स्थायी राजधानीका विषयमा बारम्बार प्रश्न उठ्ने गरेकाले अब यसको टुंगो लाग्ने बताए। उनले समितिका सदस्यलाई प्रतिवेदन प्रदेशसभामा नबुझाउँदासम्म नामकरण र स्थायी राजधानीका विषयमा भने नबोल्न आग्रह गरे। प्रदेशको मुकाम तोक्दा सबैलाई स्वीकार्य हुनेगरी सिफारिस गर्नसमेत मुख्यमन्त्रीको आग्रह छ। ‘सांसदहरूले म कहाँको प्रतिनिधि हुँ भन्ने बिर्सेर मापदण्ड बनाएर काम गरौं, त्यसले सही सिफारिस ल्याउँछ,’ उनले भने।

मुख्यमन्त्री पोखरेलले सरकारले जनताको समस्यालाई सक्दो सम्बोधन गर्ने काम गरेको बताएका छन्। उनले सरकारले प्रदेशको विकासलाई सन्तुलित बनाउने हिसाबले बजेट ल्याएको बताए। ‘मानव विकास सूचकांकको दृष्टिले पछाडि परेका क्षेत्रमा हामी पुगेका छौ,ं’ उनले भने, ‘१२ वटै जिल्लाका सबै पालिकामा हाम्रो योजना पुगेको छ।’ उनले सरकारले तीन आञ्चलिक मनोविज्ञानलाई जोड्ने गरी योजना ल्याइएको बताए। ‘प्रदेश सरकारको काम शून्य संरचनाबाट सुरुआत भएकाले जे जति काम भएको छ, यो सफल छ,’उनले भने। प्रदेश सरकारका लागि भवन अभाव भएकाले यसको व्यवस्थापन पनि हुनेक्रममा रहेको उनले बताए। उनले सडक डिभिजन परिसरभित्र विभिन्न मन्त्रालयका लागि अनुमति पाउने प्रक्रियामा रहेको बताए। ‘सकेसम्म भाडा तिर्न नपरोस् भन्नेमा छौं,’ उनले भने। भदौसम्म संरचना व्यवस्थित हुने र सरकारले ल्याएको बजेटको कार्यान्वयन हुनेसमेत उनले प्रतिबद्धता जनाए।

मुख्यमन्त्री पोखरेलले दोस्रो अधिवेशन सकिएकाले अब आउने अधिवेशनलाई कानुन निर्माणमा केन्द्रित गर्ने बताए। ‘अब विधेयक अधिवेशनको रूपमा रहन्छ,’ उनले भने। उनले यो वर्ष कानुन निर्माण र योजना तर्जुमा वर्षका रूपमा सरकारले अगाडि लैजाने बताए। एक साताभित्र मर्यादक्रमको सूचना जारी हुने उनले जानकारी दिए। यस्तै बिहीबार अघिल्लो बैठकमा उठेका विषयलाई सम्बोधन गर्दै आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले सरकारले विपद्को तयारी गरेको बताए। विधि र संरचनाको हिसाबले दू्रत गतिमा विपद्मा परेकालाई राहात दिनगरी तयारी गरेको बताए। उनले केही संरचनागत रूपमा सरकारले काम गर्न कठिनाइ भएकोसमेत बताए।

प्रकाशित: २५ श्रावण २०७५ ०१:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App