सरकारसँग चिढिए महन्थ

शुक्रबार, २५ साउन २०७५, ०७ : १८ नागरिक

90


काठमाडौं – राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर प्रधानमन्त्रीसँग चिढिएका छन्। उनले गत मंगलबार प्रधानमन्त्रीलाई भेटर सरकारले आफूलाई बेवास्ता गरेको, माग सुनवाइ नगरेको गुनासो पोखेका थिए।

महन्थले सोमबार नै प्रधानमन्त्रीलाई भेट्ने प्रयास गरेका थिए। सोमवार प्रधानमन्त्रीले समय नदिएपछि मंगलबार प्रधानमन्त्रीलाई भेट्न एक्लै प्रधानमन्त्री निवास बालुबटार पुगेका थिए। मंगलबार केहीबेर उनले प्रधानमन्त्रीसँग कुराकानी गरेका थिए । त्यसको भोलिपल्ट उनले अध्यक्षमण्डलको बैठक बोलाएका थिए। बैठकले मधेस आन्दोलनको क्रममा लगाइएका झुटा मुद्दा खारेज गर्न, सांसदमा निर्वाचित रेशम चौधरीको सपथ गराउन र संविधान संशोधनको प्रक्रिया तत्काल अघि बढाउन सरकारसँग माग गर्ने निर्णय गरेको थियो।

बैठकपछि बुधवार नै अध्यक्षमण्डलका सदस्यहरूले प्रधानमन्त्रीलाई भेटी आफ्ना माग पूरा गराउन दबाब दिने कार्यक्रम तय गरेका थिए। यसका लागि उनीहरूले प्रधानमन्त्रीसँग समय पनि मागेका थिए तर प्रधानमन्त्रीले बुधबार समय दिएनन्। बिहीबार समय दिने आश्वासन प्रधानमन्त्रीका सहयोगीले नेताहरूलाई दिएका थिए तर बिहीबार पनि उनले समय दिएनन्। शनिबार मात्र प्रधानमन्त्रीले समय दिने आश्वासन दिएको राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरका सहयोगी सतेन्द्र मिश्रले बताए । उनले भने, ‘प्रधानमन्त्रीको सचिबालयले शनीवार समय दिने जनाएको छ । संयोजक ज्यु (ठाकुर)ले त आजै (बिहीबार )नै प्रधानमन्त्रीलाई भेट्न खोज्नुभएको थियो। ’ शनीवार पनि प्रधानमन्त्रीलाई भेट्ने,नभेट्ने निश्चित नभएको उनले गुनासो पोखे।

स्रोतका अनुसार, मंगलबारको प्रधानमन्त्रीसँगको भेटमा ठाकुरले पार्टीले सरकारले समर्थन दिए पनि राजपाका मागप्रति सरकारले पूरै वेवास्ता गरेको गुनासो पाखेको थिए । प्रधानमन्त्रीले भने राजपाका माग पूरा गर्ने विषयमा सरकार गम्भिर रहेको जनाएका थिए। स्रोतका अनुसार ठाकुरसँगको भेटमा प्रधानमन्त्रीले भने, तपाईंहरूका सबै विषय टुंगाउछौं’ भन्दै ठाकुरलाई आश्वास्त पारेका थिए। ठाकुरले प्रधानमन्त्रीलाई भेटेपछि उनले प्रधानमन्त्रीसँग राजपाका अध्यक्षमण्डलका सदस्यहरूको संयुक्त भेटघाट र छलफल गर्न चाहेका छन्। तर प्रधानमन्त्रीले समय नदिए पछि भेटघाट लम्बिरहेको राजपाका एक नेताले बताए । राजपाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ।








यसमा तपाईको मत

अन्य समाचार

दशैँ - तिहार स्मार्टफोन खरिद गाइड

दशैँ - तिहार स्मार्टफोन खरिद गाइड

दशैँमा कुन स्मार्टफोन किन्ने दोधारमा हुनुहुन्छ ? ...

यो टिभीको मूल्य १५,००० अमेरिकी डलर छ - तर किन ?

यो टिभीको मूल्य १५,००० अमेरिकी डलर छ - तर किन ?

यो टिभीलाई नेपाली मुद्रामा १७ लाखभन्दा बढी पर्छ | ...

नयाँ आइफोनको क्यामरा दोस्रो श्रेणीमा - हुवावेलाई जित्न सकेन

नयाँ आइफोनको क्यामरा दोस्रो श्रेणीमा - हुवावेलाई जित्न सकेन

नयाँ आइफोनको क्यामराले हुवावेको ६ महिना पुरानो स्मार्टफोनलाई पनि जित्न सकेन ...

स्मार्टफोन : महँगो फ्ल्यागसिप कि मिडरेन्ज ?

स्मार्टफोन : महँगो फ्ल्यागसिप कि मिडरेन्ज ?

आजभोलि बजेट स्मार्टफोनहरु पनि राम्रा हुँदै गएका छन् र राम्रा स्मार्टफोन पनि सस्ता हुँदै गएका छन् । ...

१८ हजार बजेटभित्रका उत्कृष्ट 4G एन्ड्रोइड स्मार्टफोन

१८ हजार बजेटभित्रका उत्कृष्ट 4G एन्ड्रोइड स्मार्टफोन

टाइट बजेटमा हुनुहुन्छ ? चिन्ता नलिनुहोस्- हिजोआज त्यही बजेटमा पनि आकर्षक र टिकाउ स्मार्टफोन पाइन्छन् | ...

नयाँ आइफोनमा छन् समस्या नै समस्या

नयाँ आइफोनमा छन् समस्या नै समस्या

केहि साता अगाडी घोषणा गरेर गत साता रिलिज गरिएको आइफोन Xs र आइफोन Xs म्याक्समा थुप्रै किसिमका समस्याहरु भेटिएका छन्

तपाईंको एन्ड्रोइड स्मार्टफोन स्लो किन छ ?

तपाईंको एन्ड्रोइड स्मार्टफोन स्लो किन छ ?

नयाँ किन्दा सुरुसुरुमा फास्ट चलिरहेको तपाईंको एन्ड्रोइड स्मार्टफोन केही महिनापछि स्लो भएको छ ? कारण यी हुन सक्छन् ...

मोबाइल गेमिंगको नयाँ युग - उच्च ग्राफिक्सको गेम मोबाइलमै

मोबाइल गेमिंगको नयाँ युग - उच्च ग्राफिक्सको गेम मोबाइलमै

कुनै जमाना थियो, जब मोबाइल गेमहरु निकै साधारण हुने गर्थे । इतिहासकै सबैभन्दा प्रचलित मोबाइल गेम– स्नेक पनि एकदमै साधारण...