७ वैशाख २०८१ शुक्रबार
समाज

हतियार देखार्इ २५ लाख बढी लुटियाे

लहान - सिरहाको मिर्चैया नगरपालिका ३ राघोपुर तीनगछियाबाट लुटेराको एक समूहले विहिवार हतियार देखाई रु २५ लाख ६० हजार नगद लुटेर फरार भएका छन्। 

मिर्चैयास्थित ग्लोबल आईएमई बैंकबाट रकम झिकेर सिरहाकै कल्याणपुर नगरपालिकास्थित राजाराम सबमनी ट्रान्सफरतर्फ जाँदै गरेको अवस्थामा राघोपुरस्थित तीनगछियामा दुई वटा मोटरसाइकलमा आएका चार जनाको समूहले हतियार देखाई उक्त रकम लुटेर लगेको पीडित मनी ट्रान्सफरका सञ्चालक राजाराम साहलाई उदृत गर्दै इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक दिपेन्द्र साहले जानकारी दिए। 

लुटेराहरुको खोजी गर्नुका साथै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: २४ श्रावण २०७५ १५:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App