७ वैशाख २०८१ शुक्रबार
समाज

लागूऔषध सहित दुई युवा पक्राउ

ताप्लेजुङ - ताप्लेजुङ प्रहरीले लागूऔषध सहित दुई युवालार्इ पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका वडा नं. ७ बस्ने २६ वर्षीय करन गुरुङ र वडा नं. ४ बस्ने ३० वर्षीय डायमण्ड कार्की रहेका छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार लागूऔषध सेवन तथा कारोबार गर्ने गरेको गोप्य सूचनाका आधारमा गुरुङ र कार्की पक्राउ परेका हुन्। पक्राउ परेका मध्ये गुरुङको कोठाबाट ५ सय ८० मिलिग्राम खैरो हिरोइन र कार्कीको साथबाट १.५४ ग्राम गाँजा फेला परेको डिएसपी बस्नेतले जानकारी दिए। 

 

प्रकाशित: २४ श्रावण २०७५ १२:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App