काठमाडौं – नेपाली फोटो पत्रकारहरूले बंगलादेशी दूतावास अगाडि प्रदर्शन गरेका छन्। बंगलादेशी सरकारले त्यहाँका वरिष्ठ फोटो पत्रकार शाहिदुल आलमलाई प्रकाउ गरेको विरोधमा उनीहरूले दूतावास अगाडि प्रदर्शन गरेका हुन्।
बंगलादेशी विद्यार्थीले गरिरहेको सरकार विरोधी प्रदर्शनबारे आफ्नो धारणा सार्वजनिक गरेको अभियोगमा सरकारले आलमलाई प्रकाउ गरेको थियो। फोटो पत्रकारहरूले आलमलाई निशर्त यथाशीघ्र रिहाई गर्नुका साथै प्रेस तथा अभिव्यक्ती स्वतन्त्रताको ग्यारेन्टीको माग सहित बंगलादेशी दूतावासमा ज्ञापन प्रत्र बुझाएका छन्।
फोटो पत्रकार क्लब, राष्ट्रिय फोटो पत्रकार महासंघ, फोटो सर्कल, वरिष्ठ फोटोपत्रकारहरू बिकास रौनियार र उषा तितिक्षु लगायतको उपस्थितिमा ज्ञापन पत्र बुझाइएको हो। सामाजिक सञ्जालमा तस्बिर पोष्ट गरेको र अन्तरबार्ता दिएकै कारण पत्रकारलाई गिरफ्तार गर्नु भनेको प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथिको प्रहार हो।
प्रेस स्वतन्त्रताको सम्मान गर्न बंगलादेश सरकारलाई आग्रह गर्दै प्रेस स्वतन्त्रता विरोधी सबै खालका क्रियाकलाप बन्द गर्न आग्रह गरिएको ज्ञापनपत्रमा उल्लेख छ।
बंगलादेशको सत्तारुढ दल अवामी लिगको विद्यार्थी संगठनले गरेको विरोध प्रदर्शनका क्रममा फोटो पत्रकारमाथि आक्रमण भएको थियो। आन्दोलनका क्रममा फोटो पत्रकारको सुरक्षाका विषयमा शाहिदुलले अन्तर्राष्ट्रिय मिडियामा अन्तरबार्ता दिएको आरोपमा बंगलादेशी सरकारले गत आइतबार उनलाई घरबाटै पक्राउ गरेको थियो।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
नेपाल क्रेडिट एन्ड कमर्स बैंकले नबिल बैंकलाई डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । ...
वीरगन्जस्थित डिएभी स्कुलको २६औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...
हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान सुरु गरेको छ । ...
सीता एयरले प्रदेश १ का धार्मिक स्थलहरू हलेसी र पाथीभरालाई लक्षित गरी उडान सुरु गर्ने तयारी गरेको छ । ...
हिलटेक प्लास्टिक एन्ड पाइप प्रालि नेपाल म्यानुफ्याक्चरिङ लिडर अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...
नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबल नेट प्रा. लि.ले पोखरा प्रिमियर लिगको दोस्रो...
सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...
हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...
यसमा तपाईको मत