coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

फुटबलर बन्ने बोल्टको इच्छा

सिड्नी – विश्व कीर्तिमानी तीव्र गतिका धावक उसेन बोल्टले बुधबार अस्ट्रेलियन क्लब सेन्ट्रल कोस्ट मराइनले आफ्नो व्यावसायिक फुटबल खेलाडी बन्ने सपना साकार पार्ने अवसरलाई प्रमाणित गर्न अनुमति दिएकोमा आभार प्रकट गरेका छन्।

अस्ट्रेलियन ‘ए’ लिग क्लब मराइनले बोल्टलाई  व्यावसायिक खेलाडीका रूपमा आफूलाई प्रमाणित गर्न कुनै समयसीमा नभएको बताएको थियो।

आठ पटकका ओलम्पिक च्याम्पियन बोल्टले गत वर्ष एथ्लेटिक्सबाट संन्यास घोषणा गरेका थिए । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट युरोपको शीर्ष लिग खेल्ने इच्छा राखेका बोल्टले जर्मनीको बोरुसिया डर्टमन्ड, नर्वेको स्ट्रोम्सगड सेट र दक्षिण अफ्रिकाको सन डाउनमा ट्रायल दिए पनि आफूलाई प्रमाणित गर्ने भने सकेनन्।

‘हामीले बोल्टलाई  समयसीमा नतोकी क्लब प्रशिक्षणमा सहभागी भई आफूलाई व्यावसायिक लिग खेल्न सक्षम खेलाडीका रूपमा प्रमाणित गर्न अनुमति दिएका छाैं।’

माराइनले बोल्टलाई आगामी महिनाबाट क्लब प्रशिक्षणमा सहभागी हुन अनुमति दिएको हो ।
‘हामीले बोल्टलाई  समयसीमा नतोकी क्लब प्रशिक्षणमा सहभागी भई आफूलाई व्यावसायिक लिग खेल्न सक्षम खेलाडीका रूपमा प्रमाणित गर्न अनुमति दिएका छांै,’ मराइनका सिइओ साउन मिलेकाम्पले भने, ‘उनले आफूलाई प्रमाणित गर्न तीन साता, तीन महिना वा ६ महिना लाग्न सक्छ । हामीले उनका लागि कुनै समयसीमा तोकेका छैनाैं।’

त्यस्तै बोल्ट अक्टोबरबाट सुरु हुने ए लिगको नयाँ सिजनअगावै आफूलाई प्रमाणित गर्न चाहन्छन् ।
‘म अस्ट्रेलिया आउन धेरै उत्साही छु र म क्लबले दिएको अवसरका  लागि मराइनका सिइओलाई विशेष धन्यवाद दिन चाहन्छु,’ जमैकन धावक बोल्टले भने, ‘व्यावसायिक फुटबल खेलाडी बन्ने मेरो बाल्यकाल देखिको सपना हो । मैले आफूलाई एक व्यावसायिक खेलाडीका रूपमा प्रमाणित गर्न धेरै मिहनेत गर्नुपर्छ र म त्यसका लागि तयार छु।’

प्रकाशित: २४ श्रावण २०७५ ०४:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App