७ वैशाख २०८१ शुक्रबार
कला

गुल्मीदेखि राष्ट्रसंघसम्म

काठमाडौं–संयुक्त राष्ट्र संघको उच्च ओहदामा पुग्ने पहिलो नेपालीको परिचय बनाएका कुलचन्द्र गौतमको जीवनी ‘ग्लोबल सिटिजन फ्रम गुल्मी’ (गुल्मीबाट उदाएका विश्व नागरिक) सार्वजनिक भएको छ ।

मंगलबार सत्यमोहन जोशीलगायत आधा दर्जन विशिष्ट व्यक्तिले पुस्तक सार्वजनिक गरेका थिए । दुर्गममा जन्मे हुर्केर अन्तर्राष्ट्रिय प्रशासनको उपल्लो ओहदासम्म पुग्न सफल गौतमलाई सम्झने क्रममा वक्ताहरुले यो दुई ठाउँबीचको दूरीलाई अथ्र्याउँदै गौतमले पु¥याएका योगदानको चर्चा गरेका थिए । कार्यक्रममा गौतमलाई उतिबेलाको गुल्मीवासी, संयुक्त राष्ट्रसंघको उच्च ओहदामा आसिन कर्मचारीदेखि लिएर काठमाडौंमा नागरिकसमाजको अगुवाका रुपमा चिन्ने व्यक्तित्वहरुको होटल हिमालयमा बाक्लो उपस्थिती थियो ।‘पुस्तक पढ्दा महिला तथा वालवालिकाका क्षेत्रमा उहाँको योगदान र मानवअधिकारका पक्षमा दृढ अठोट झल्कन्छ,’ गुल्मीबाटै उदाएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भने, ‘राजनीतिक स्थायित्वका लागि संघर्ष गरिरहेको नेपालका लागि अवकाशपछि पनि उत्तिकै सक्रिय गौतमको अनुभव र अठोट अत्यन्त उपयोगी छ ।’

कार्यक्रममा गुल्मीकै प्रतिनिधित्व गर्ने  मन्त्री गोकर्ण विष्टले गौतम आफ्नो पनि प्रेरणा रहेको बताए ।  । ‘त्यो बेलाको गुल्मीबाट उठेर आफू सँगसँगै आफ्नो ठाउँलाई पनि माथि उठाउन खोज्ने गौतम मेरा निम्ति प्रेरणाको श्रोत हुनुहुन्छ,’ विष्टले भने, ‘उहाँले सिँगो विश्वलाई जे जति योगदान दिनुभयो त्यसका निम्ति आज गाउँलेका तर्फबाट धन्यवाद दिन उपस्थित भएको हुँ ।’दुर्गम गाउँबाट उठेका गौतमले संयुक्त राष्ट्रसंघको सहायक महाचिव र राष्ट्रसंघीय वालकोष (युनिसेफ) को उप–कार्यकारी निर्देशक बनेका थिए ।

‘गौतमले राष्ट्रसंघको मुख्यालयमा मात्र नभएर विश्वका धेरै मुलुकमा  जिम्मेवारीका साथ काम गर्नु भएको छ ,’ राष्ट्रसंघको नेपालस्थित आवासीय प्रतिनिधि भेलेरी जुलियान्डले भनिन्, ‘हामीलाई सुनाउनका निम्ति उहाँसँग धेरै अनुभव छन् जुन यस पुस्तकमा पाउन सकिन्छ ।’राष्ट्रसंघबाट अवकाशपछि पनि गौतम थामिएका छैनन् । उनले अन्तर्राष्ट्रिय प्रशासनको उपल्लो अनुभवलाई नागरिक समाजको सदस्यका रुपमा मुलुकको हितमा लगाइरहेकै छन् ।

‘यो पुस्तक भित्र एउटा मात्र होइन अनेकानेक पुस्तक छन्,’ निलाम्बर आचार्यले भने, ‘जस्तै अवरोधलाई पनि छिचोलेर परिवर्तन ल्याउने मानिसको साहस र उपलब्धि यसमा अटाएका छन् ।’

कार्यक्रममा बोल्दै लेखक गौतमले आफ्नो पुस्तक विशेषगरि युवा पुस्ताका निम्ति उपयोगी बन्न सक्ने बताए । ‘पुस्तकको पछिल्लो तीन अध्याय मेरो जीवनको अनुभवमा उभिएको छ,’ गौतमले भने, ‘नेपालका तन्नेरीहरुलाई निराश बनाइरहेको अहिलेको परिस्थितिमा यी अनुभवले बाधा अवरोध चिर्न सघाइदियो भने म यो पुस्तक सफल भएको ठान्नेछु ।’

पुस्तकको विक्रीबाट उठेको पैसा नेपालका छोरीहरूको शिक्षामा खर्च गरिने घोषणा पनि गौतमले समारोहमा गरे । नेपालयले यसअघि पनि गौतमको ‘लस्ट इन ट्रान्जिसन’ शीर्षकको पुस्तक पनि प्रकाशित गरिसकेको छ । नेपालयले पुस्तक किन्डेल र अमेजनमा पनि उपलब्ध हुने जनाएको छ ।


   

 

 

प्रकाशित: २४ श्रावण २०७५ ०३:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App