८ वैशाख २०८१ शनिबार
अर्थ

मुलुकभर ९२% धान रोपार्इं

फाइल फाेटाे : नागरिक

काठमाडौं– मुलुकभर यो वर्ष ९२.२५ प्रतिशत रोपाइँ भएको छ । यो वर्ष समयमा पानी परेकाले गत वर्षभन्दा करिब आठ प्रतिशत बढी धान रोपाइँ भएको हो।

गत आर्थिक वर्ष ०७४÷७५ को साउन २५ गतेसम्म धान रोपाइँ हुने क्षेत्रमध्ये ८४ प्रतिशतमा मात्र रोपाइँ भएको थियो । चालु आर्थिक वर्षमा समयमै धान रोपाइँ भएकाले उत्पादन बढ्ने कृषि तथा पशुपंक्षी मन्त्रालयले जनाएको छ ।
उच्चपहाडमा ९४.०६ प्रतिशत, मध्यपहाडमा ९२.२ र तराईमा ९२.३५ प्रतिशत रोपाइँ भएको मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले बताए । धान रोपाइँ हुनयोग्य १५ लाख ५२ हजार हेक्टरमध्ये सोमबारसम्म  १४ लाख ३२ हजार तीन सय १५ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ  । कैलाली र कञ्चनपुरमा सतप्रतिशत रोपाइँ भएको छ । गत आवमा ५१ लाख ५१ हजार मेट्रिकटन धान उत्पादन भएकोमा यो वर्ष उत्पादन बढ्ने मन्त्रालयको अपेक्षा छ । समयमै रोपाइँ भएकाले उत्पादन वृद्धि हुने मन्त्रालयका सचिव युवकध्वज जिसीले बताए।

धान रोपाइँ हुनयोग्य १५ लाख ५२ हजार हेक्टरमध्ये सोमबारसम्म  १४ लाख ३२ हजार तीन सय १५ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।  

मुलुकको अर्थतन्त्रमा कृषिको योगदान करिब २७.६ प्रतिशत रहेको छ । कृषिमा धानको योगदान करिब २१ प्रतिशत छ । मनाङ र मुस्ताङमा बाहेक मुलुकका सबै जिल्लामा धान खेती हुन्छ । ६० मिटरदेखि तीन हजार ५० मिटरको उचाइमा धान खेती गरिन्छ ।

तराईमा ६९.१ प्रतिशत, पहाडमा २६.८ र उच्चपहाडमा ४.१ प्रतिशत क्षेत्रमा धान खेती गरिने मन्त्रालयले जनाएको छ । कुल खेती हुने क्षेत्रफलमध्ये ५०.२ प्रतिशत जग्गामा धान खेती गरिँदै आएको छ ।कृषि क्षेत्रमा लगानी गरेअनुसार उत्पादन र उत्पादकत्व वृद्धि नहुँदा खाद्यान्नमा विदेशीको भर पर्नु परेको हो । धानको उत्पादन अपेक्षितरुपमा बढ्न नसक्दा आयात बढेको छ । उत्पादन बढाउन सिँचाइ, प्रविधि, मल, बीउ उपलब्ध गराइएको मन्त्रालयको दाबी छ । धानको उत्पादन बढाउन उन्नत जातको बीउ र कृषिमा यान्त्रीकरण गर्नुपर्ने सरोकारवालाले बताउँदै आएका छन्।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत उत्पादन बढाउने रणनीति बनाइएको छ । मन्त्रालयले धानका २४ ब्लक, पाँच जोन र एक सुपरजोन बनाएको छ । झापामा धानको सुपरजोन, कञ्चनपुर, कपिलवस्तु, प्युठान, बर्दिया, सर्लाही र सिरहालाई धानको जोन र २४ जिल्लामा ब्लक तयार गरिएको छ । किसानलाई प्रोत्साहन गर्नको लागि सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

प्रकाशित: २४ श्रावण २०७५ ०२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App