coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

देउती गुट्खा उद्योगमा बम बिस्फोट

टीकापुर – कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित देउती गुट्खा उद्योगमा अज्ञात समूहले आज बिहान बम बिस्फोट गरेको छ।

इलाका प्रहरी कार्यालय लम्कीका अनुसार बिहान करिव ५ बजेतिर उद्योगको पर्खाल बाहिर बम बिस्फोट भएको हो। बम बिस्फोटबाट उद्योगको पर्खाल र छानामा क्षति पुगेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरिक्षक सुुरेन्द्रप्रसाद जोशीले जानकारी दिए।

बम बिस्फोट भएपछि स्थानीय त्रसित बनेका छन्। प्रहरीले बम बिस्फोटका बारेमा अध्ययन थालेको छ। सोही उद्योगमा यसअघि साउन २ गते अज्ञात समूहले दुईवटा बम राखेको थियो। नेपाली सेनाको टोलीले सो बम निस्कृत गरेको थियो।

प्रकाशित: २४ श्रावण २०७५ ०२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App