पाँच वर्षयताका इन्काउन्टर

छानबिन समिति बन्छ प्रतिवेदन आउँदैन

बिहिबार, २४ साउन २०७५, ०६ : ४२ टपेन्द्र कार्की

काठमाडौं - राष्ट्रिय मानवअधिकार आयोगले गैरन्यायिक हत्याको आशंकामा दिनेश अधिकारी ‘चरी’ इन्काउटर (मुठभेड) का विषयमा अध्ययन थालेको पाँच वर्ष हुँदा पनि प्रतिवेदन तयार पार्न सकेको छैन। सरकारी संयन्त्रबाट तथ्यगत जानकारी प्राप्त नभएको र ‘चरी’ लाई कति टाढाबाट गोली लागेको हो भन्ने जाँच्ने विशेषज्ञ अभाव भएकाले अनुसन्धान प्रतिवेदन तयार पार्न नसकेको दाबी आयोगले गरेको छ। प्रहरी इन्काउटरमा ‘चरी’ मारिएपछि उनकी प्रेमिका खुस्बु ओलीले आयोगमा २०७१ साउन २३ मा उजुरी गरेकी थिइन्।

चरी इन्काउन्टरको एक वर्षपछि कुमार श्रेष्ठ ‘घैंटे’ पनि प्रहरी इन्काउन्टरका मारिए। घटनाविरुद्ध घैंटेकी श्रीमतीले आयोगमा उजुरी दर्ता गरेकी थिइन्। मारिनुअघि घैंटे आफैंले पनि असुरक्षित रहेको दाबी गर्दै २०७२ असार २७ मा उजुरी दर्ता गरेका थिए। घैंटे र उनकी श्रीमती दुवैको उजुरीका सम्बन्धमा आयोगले अध्ययन गर्ने बताए पनि त्यसको प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन।

इन्काउन्टर भनिएका यस्ता घटनाबारे अध्ययन भए पनि प्रतिवेदन तयार नगरिएको वा तयार भएका प्रतिवेदनसमेत सार्वजनिक नगरिएका घटना अन्य पनि छन्। ललितपुर कुसुन्तीमा मारिएका प्रवीण खत्रीका आफन्त अहिलेसम्म आयोगको प्रतिवेदनको प्रतीक्षामा छन्।

दुवै ‘गुन्डा नाइके’ भएकाले चरी र घैंटेको इन्काउन्टरलाई लिएर सार्वजनिक वृत्तमा प्रहरीको प्रशंसा भएको थियो, यसैका कारण आयोगसमेत मौन रहेको मानवअधिकारकर्मीको आरोप छ।

मानवअधिकार आयोगले यस्ता घटनाको अध्ययन अघि नबढाउने वा प्रतिवेदन सार्वजनिक गर्न हिच्किचाउने हो भने आगामी दिनमा उजुरी गर्नुको कुनै अर्थ नहुने मानवअधिकारकर्मी बताउँछन्। ‘गैरन्यायिक हत्यामा राष्ट्रिय मानवअधिकार आयोगले नै अग्रसरता देखाउनुपर्ने हो’, मानवअधिकारकर्मी दिनेश त्रिपाठीले भने, ‘संविधानप्रदत्त हक सुरक्षाका लागि संवैधानिक आयोगको कामकारबाही चित्तबुझ्दो हुनुपर्छ।’

अर्का मानवअधिकारकर्मी चरण प्रसाईंले काँडाधारीमा निसान खड्काको अपहरणपछि हत्या आरोपमा गोपाल तामाङ र अजय तामाङलाई गरिएको इन्काउन्टरप्रति सरकारको ध्यानाकर्षण गराउँदै भने, ‘मुलुकमा बलात्कार, अपहरण तथा हत्याजस्ता आपराधिक घटना बढ्दै गएकाले नागरिकको शान्तिसुरक्षामा गम्भीर असर पारेको छ।’ यस्ता जघन्य अपराधका घटनामा संलग्न कतिपय व्यक्ति पक्राउ नै नपर्ने र कतिपय ‘इन्काउन्टर’ का नाममा मारिँदा प्रमाण नष्ट हुने गरेको उनले बताए।

आयोगमा उजुरी
प्रहरी इन्काउन्टरमा मारिएका भनिएका अजय र गोपालका परिवारले ‘प्रहरीले गैरन्यायिक हत्या’ गरेको दाबीसहित प्रहरीविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता गरेका छन्। अजितका बुबा निमा तामाङ, मामा नुवाकोटको मेघाङ गाउँपालिकाका अध्यक्ष आसबहादुर तामाङ र गोपालका भाइ गोपे तामाङले आयोगमा उजुरी दिएका हुन्। उजुरीमा घटनाको निष्पक्ष छानबिन गर्न माग गरिएको छ। ‘जोकोही अपराधीलाई कानुनअनुसार कारबाही हुनुपर्छ। यो घटनामा उनीहरूको मात्र हात नभई अरू व्यक्तिसमेत संलग्न भएको आशंका छ। त्यसैले घटनाबारे छानबिन होस्’, उजुरीमा माग गरिएको छ।

अजय र गोपाललाई पक्राउ गरेर गोली हानी मारिएको दाबी आफन्तले गरेका छन्। उनीहरुले उजुरी दिएपछि आयोगले महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) मनोज न्यौपानेलाई आयोगमा बोलाएर छलफल गरेको थियो।

अनुसन्धान गर्न समिति गठन
११ वर्षीय बालक अपहरणपछि हत्या गर्ने दुई अपहरणकारीलाई प्रहरीले ‘इन्काउन्टर’ मा मारिएको जनाएपछि त्यसको अनुसन्धान गर्न राष्ट्रिय मानवअधिकार आयोगले समिति गठन गरेको छ। आयोगका निर्देशक यज्ञ अधिकारीको संयोजकत्वमा गठित समितिले बुधबारदेखि नै छानबिन थालिसकेको आयोगका सदस्य सुदीप पाठकले जानकारी दिए।

खड्काको अपहरण गरी हत्या गर्ने दुईजनासँग प्रहरीको भिडन्त हुँदा जबाफी कारबाहीमा मारिएको प्रहरीले जनाएको थियो । त्यसक्रममा नुवाकोटका गोपाल तामाङ र सिन्धुपाल्चोकका अजय तामाङको मृत्यु भएको थियो। प्रहरीका अनुसार तामाङद्वयले बालक खड्कालाई अपहरण गरी ४० लाख रुपैयाँ फिरौती मागेका थिए। फिरौती नपाएपछि उनीहरूले ती बालकको हत्या गरेका थिए।


सुदीप पाठक
मानवअधिकार आयोगका सदस्य

आयोगमा उजुरी परेको हो?
राष्ट्रिय मानअधिकार आयोगमा भिडन्तमा मारिएका भनिएका आफन्तबाट उजुरी परेको छ । आयोगमा गोपाल तामाङ र अजय तामाङका आमाबुबा तथा आफन्तहरु आउनुभएको थियो। उहाँहरुले उजुरी गर्नु भएको छ। त्यसबारे अनुसन्धान गर्न पाँच सदस्यीय समिति बनाइएको छ। यस घटनालाई हामीले शंकाको घेरामा राखेका छाैं। धेरै जसो उजुरी छानबिन गर्न दुई सदस्यीय समिति गठन हुन्थ्यो, यो उजुरी गम्भीर देखिएकाले पाँचजनाको अनुसन्धान समिति बनाइएको हो।

कसको नेतृत्वमा समिति बनेको छ?
आयोगको प्रदेश ३ का कार्यालय प्रमुखको संयोजकत्वमा छानबिन समिति बनेको हो। त्यसमा अन्य चार जना अधिकृत सदस्य छन्। सुरक्षा अधिकृत, आइटी अधिकृतहरु पनि संलग्न छन्।

अनुसन्धान कहाँबाट सुरु हुन्छ?
निसान खड्का जसलाई अपहरण गरिएको थियो, उनको परिवार र जसले उजुरी गरे उनीहरु बसेको स्थान, उनीहरूको शव भेटिएको स्थान तथा अन्य स्रोतबाट अनुसन्धान सुरु हुनेछ।

समितिले कति दिनमा प्रतिवेदन बुझाउनेछ?
दुई दिनभित्रमा प्रारम्भिक प्रतिवेदन बुझाउनेछ। त्यसपछि आयोगले थप काम अघि बढाउनेछ।

यस्ता अन्य इन्काउन्टर घटनामा आयोगले कसैलाई कारबाहीको सिफारिस गरेको छ कि?
यस्ता अन्य दुईवटा घटनाका सम्बन्धमा अझै अनुसन्धान पूरा भइसकेको छैन। त्यसलाई निष्कर्षमा पु-याउन नकिएको अवस्था छ। दिनेश अधिकारी ‘चरी’ इन्काउन्टरमा विभिन्न तहबाट प्राप्त हुनपर्ने रिपोर्ट र तथ्य पाइएन। कुमार श्रेष्ठ ‘घैंटे’ सम्बन्धमा भने ‘ब्यालेस्टिक’ विज्ञ प्राप्त नभएकाले अनुसन्धान निष्कर्षमा पुग्न नसकेको हो।

आयोगले इन्काउन्टर घटनामात्रै हेर्छ कि अपहरण र हत्याको पनि अनुसन्धान गर्छ?
अनुसन्धान समितिले बालकको परिवारलाई भेट्छ। त्यहींबाट घटना सुरु भएकाले बालकको परिवारलाई भेटेर सत्यतथ्य बुझ्नुपर्छ। अपहरणकारी भिडन्तमा मारिएका हुन् वा घटना सुनियोजित हो भन्ने विषयमा अनुसन्धान केन्द्रित हुनेछ।








यसमा तपाईको मत

अन्य समाचार

इटहरीमा भोलि एनसेल मेला

इटहरीमा भोलि एनसेल मेला

एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...

कतार एयरवेजले  ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...

Ncell Footer Ad