coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बेपत्ता प्रधानाध्यापकको ६ दिनपछि शव भेटियो

पर्वत– छ दिनदेखि बेपत्ता एक विद्यालयका प्रधानाध्यापकको शव भेटिएको छ। मोदी गाउँपालिका वडा नम्बर ६ स्थित दोबिल्लामा रहेको हरि प्राथमिक बिद्यालयका प्रधानाध्यापक शिवप्रसाद पौडेल बुधबार कुश्मा नगरपालिका वडा नम्बर ९ कटुवाचौपारीस्थित अलपेश्वर गुफामा मृत अवस्थामा भेटिएका हुन। 

५९ बर्षिय पौडेल कुश्मा नगरपालिका वडा नम्बर ९ कटुवाचौपारीकै स्थायी बासिन्दा हुन। उनी शुक्रबार बिहानदेखि बेपत्ता भएका थिए। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक सुरत खत्रीले पौडेलको शव बुधबार दिउँसो गुफाको अन्तिम मुखमा भेटिएको जानकारी दिए। 

शव दुगन्धित भइसकेकोले बेपत्ता भएकै दिन पौडेलको मृत्यु भएको हुनसक्ने खत्रीले बताए। पारिवारिक स्रोतका अनुसार उनी शुक्रबार बिहान मन्दिर जान्छु भन्दै घरबाट हिँडेका थिए। त्यसपछि घरको सम्पर्कमा आएनन्। उनी १७ बर्षदेखि उक्त बिद्यालयमा पढाउँदै आएका थिए। 

३८ बर्ष शिक्षण पेशामा रहेका पौडेल निबृत्त हुने समयमा पुगेका थिए। भाई दिवाकर पौडेलले दाजु शिवप्रसाद पौडेल घरमा नफर्केपछि खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय पर्वतमा निवेदन दिएका थिए। ‘शुक्रबार घरबाट निस्कनुभएका दाजु घरमा नफर्केपछि प्रहरीमा निवेदन दिएका थियौ, आज शव भेटियो’, दिवाकरले भने।

प्रकाशित: २३ श्रावण २०७५ १५:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App