७ वैशाख २०८१ शुक्रबार
कला

‘ब्लाक’ टोली मोफसल दाैडमा

मकवानपुर– रिलिज मिति नजिकिएसँगै फिल्म ‘ब्लाक’ टोली प्रचारका क्रममा मोफसलमा व्यस्त छ। पूर्वी नेपालबाट बुधबार हेटौंडा आइपुगेको टोलीले फिल्म राम्रो बनेको दाबी गर्दै सफल हुने बताएको छ।

फिल्ममा चर्चित नायिका आँचल शर्मा र नायक आकाश श्रेष्ठको फिल्ममा मुख्य भुमिका रहेको छ। लभ र एक्सन प्रधान फिल्म ब्लाकमा आँचल र आकाशलाई प्रेम जोडीको रुपमा प्रस्तुत गरिएका छ। फिल्ममा आँचल र आकाशले प्रेममा गर्नु परेको संघर्षलाई मुख्य बिषय बनाईएको निर्देशक प्रदीप श्रेष्ठले बताए।

नायक श्रेष्ठले निक्कै राम्रो फिल्म बनेको बताउँदै दर्शकले मायाँ गर्ने दाबी गरे। ‘ब्लाकको अर्थ कालो, अन्धकार हो, सबैको जीवनमा हुन्छ’, नायिका शर्माले भनिन्, ‘त्यससँग कसरी जुधेर उज्यालोतर्फ लाने भन्ने फिल्मको मुल थिम हो।’ प्रेममा परेपछि अफठ्यारो पनि सजिलो हुने र सजिलोमा अफठ्यारो अवस्था आउनेबारे फिल्ममा देखाइएको उनको भनाई छ। नायक, नायिका दुबैले यसअघिको फिल्म भन्दा पृथक कथा, प्रस्तुती र अभिनय भएकाले दर्शकले नयाँ स्वाद पाउने जिकिर गरे।

‘नितान्त प्रेममय फिल्म हो,’ फिल्मको कथा खुलासा गर्दै निर्देशक श्रेष्ठले भने, ‘प्रेम नभई जीवन, परिवार, समाज चल्दैन, त्यसलाई हामीले परिवार, समाजभित्र हुने घटनालाई प्रेममय तरिकाले प्रस्तुत गरेका छौं।’ फिल्मका निर्मात्राद्वय आस्मा पाण्डे र चेतनकुमार पाण्डेले ब्लाक फिल्म समसामयिक, पारिवारिक र सन्देशमूलक रहेको बताए।

साउन २१ गते नेपालको पूर्वी क्षेत्र बिर्तामोडबाट शुरु गरिएको प्रचार–प्रसार ईटहरी, दमक, धरान, विराटनगर, चितवन हुँदै पोखरासम्म पुगेर फिल्म टोली साउन २६ गते काठमाडौं फर्किने निर्देशक श्रेष्ठले बताए।

करिब २ करोड रुपैंयामा बनेको फिल्म पोखरा, माथिल्लो मुस्ताङ्ग, जोमसोम, स्याङ्गजा, सिन्धुली, काठमाडौं लगायतका सुन्दर स्थानमा खिचिएको छ। नायिका शर्मा र नायक श्रेष्ठका अलावा फिल्ममा धिरेन शाक्य, सुशील क्षेत्री, सुन्दर श्रेष्ठको पनि मुख्य भुमिका रहेको छ।

भदौ १ गतेदेखि देशभर प्रदर्शन हुने ब्लाक फिल्म आस्मा फिल्म्सको ब्यानरमा बनेको हो। चेतनकुमार पाण्डे र आश्मा पाण्डेले निर्माण गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन्। फिल्ममा महेश खड्का र प्रतिक पौडेलको संगीत, रामजी लामिछानेको नृत्य, मौनता श्रेष्ठको कथा रहेको छ भने फिल्मलाई रामशरण उप्रेतीले खिचेको छन्।

‘अजम्बरी नाता’ जस्तो चर्चित फिल्म दिएका निर्देशक श्रेष्ठको ब्लाक १२ औं फिल्म हो। ‘पल पल हरपल’ बोलको फिल्मको गित रिलिज पूर्व नै धेरै दर्शकले मन पराएका छन्।  नायिका आँचल पछिल्लो पटक ‘शत्रुगते’ फिल्ममा देखा परेकी थिइन् भने आकाश ‘तिमी सँग’मा देखिएका थिए।

प्रकाशित: २३ श्रावण २०७५ १५:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App