८ वैशाख २०८१ शनिबार
समाज

घुस लिएको आरोपमा कलंकीका नापी कर्मचारी नियन्त्रणमा

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका सर्वेक्षक हरि ओली र कार्यालय सहयोगी अमरलाल श्रेष्ठलाई विहिवार रु १५ हजार घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ।

जग्गाको कित्ताकाट ट्रेस नक्शा तयार पार्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिइरहेको भनिएको अवस्थामा आयोगको टोलीले उनीहरुलाई रकमसहित कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए। 

यसैगरी आयोगले भूमिसुधार कार्यालय मोरङका नासु दामोदर खतिवडाविरुद्ध बिगो रु ३० हजार जरिवाना र कैद सजाय माग दावी लिई विहिवारै विशेष अदालतमा आरोपपत्र समेत दायर गरेको छ। रासस

प्रकाशित: २३ श्रावण २०७५ १३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App