७ वैशाख २०८१ शुक्रबार
समाज

मटिहानीमा एसएसवी र स्थानीयबीच झडप

महोत्तरी-सीमावर्ती बजार मटिहानीमा भारतीय एसएसवी र स्थानीयबीच सोमबार दिउँसो झडप हुँदा एक दर्जन भन्दा बढी स्थानीय घाईते भएका छन्।

मधवापुरबाट सिमेन्ट ल्याउने विषयमा भारतीय एसएसवी र स्थानियबीच भएको विवाद झडपमा परिणत भएको थियो। मधवापुरबाट सिमेन्टको वोरा ल्याउने क्रममा एसएसवीले बोरा रोकेर च्याति दिए पछि डिउटीमा खटेका एसएसवीका जवान र सिमेन्ट लिएर आएका युवकबीच हातहालाहाल भएको थियो।

त्यस लगतै नजिकै रहेको एसएसवी क्याम्पबाट आएका प्रहरी जवानहरुले अन्धाधुन्ध बुट र बन्दुकको कुन्दाले स्थानीयलाई कुटपिट गरेका थिए।

एसएसवीको कुटाईबाट मटिहानी ७ का गणेश चौधरी र महेश महतो सहित एक दजर्न स्थानीय घाईते भएको मटिहानी प्रहरी चौकीले जनाएको छ।

झडपको क्रममा ज४प ८६१८ र ज२प ८०५६ नम्वरको मोटरसाईकल समेत क्षतिग्रस्त भएको छ।  मटिहानीबाट गएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलिले सम्झाईवुझाइ गरेपछि समस्या समाधान भएको थियो।

 

   

 

प्रकाशित: २७ भाद्र २०७३ १२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App