काठमाडौैं – त्रिकोणात्मक प्रेमकथाको फिल्म ‘रेनी’ को ट्रेलर र गीत सार्वजनिक भएको छ । भदौ ८ गते रिलिजको तयारीमा रहेको फिल्मको ट्रेलरसँगै ‘मलाई नाइँ नाइँ’ बोलको गीत सार्वजनिक भएको हो।
राजधानीमा आइतबार एक कार्यक्रमका बीच सार्वजनिक गीतमा नवनायिका सनम मल्ल र दीपक ढकालले फिचरिङ गरेका छन् । गीतमा पुष्कर सुनुवारको स्वर र संगीत तथा मदन खड्काको कोरियोग्राफी छ।
विमला मल्ल र संजीव मल्लले निर्माण गरेको फिल्ममा गिरिश रिजालको निर्देशन छ । फिल्ममा सरोज खनाल, सनम मल्ल, दीपक ढकाल, सुरवीर पण्डित, रमेश लम्साल, बबिता लम्साल,टंक डुम्रे, गुरु भुटिया, विजय तिखत्रीलगायतका कलाकारको अभिनय छ ।फिल्मकी निर्मात्री विमलाले निकै मेहनतका साथ राम्रो फिल्म बनाएकाले फिल्म चल्नेमा आफू ढुक्क रहेको बताइन् । उनले आफूहरु फिल्म क्षेत्रमा नयाँ भए पनि फिल्म परिपक्क बनाएको दाबी गरिन्।
फिल्मकी लेखक र गीतकारसमेत रहेकी नवनायिका सनमले फिल्ममा मायाप्रेम, हाँसो, रोदन, द्वन्द्वका साथमा सामाजीक विषयलाई प्रस्तुत देखाइएको बताइन् । अभिनेता दीपकले फिल्मको स्क्रिप्ट निकै मन परेकोले आमदर्शकले पनि फिल्म मनपराउने दाबी गरे । निर्देशक गिरिशले फिल्म आफ्ना लागि विशेष भएको बताउदै दर्शकले पनि मन पराउने विश्वास व्यक्त गरे ।शाही मल्ल फिल्मस्को ब्यानरमा निर्मित फिल्ममा जयराम रिजालको छायांकन, विनोद खम्बुको संगीत र राजु किराँतीको द्वन्द्व छ ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...
कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...
आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...
अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...
नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...
नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...
नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...
होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...
यसमा तपाईको मत