७ वैशाख २०८१ शुक्रबार
अर्थ

सामसङ विश्वकपका विजेता पुरस्कृत

काठमाडौं– सामसङ इलेक्ट्रोनिक्स नेपालले फिफा वल्र्ड कप २०१८ को अवसरमा प्रस्तुत गरेको फिल द गेम योजनाको विजेतालाई पुरस्कृत गरेको जनाएको छ।

यस योजनाअन्तर्गत कम्पनीले वल्र्ड कप समयावधिभित्र टिभी खरिद गर्ने ग्राहकलाई क्यास ब्याक प्रदान गरेको थियो ।
साथै, यस योजना अवधिभर विभिन्न मोडलका सामसङ एचडी टेलिभिजनमा अधिकतम २७ प्रतिशतसम्म क्यास ब्याक र दुई वर्षसम्म वारेन्टी एवं शून्य प्रतिशतमा किस्ताबन्दीको सुविधा प्रदान गरिएको कम्पनीले जनाएको छ ।
यो अफरका साथै सामसङका स्मार्ट टिभी खरिदकर्ताले टर्किस एयर, एस ट्राभल्स, वयोधा हस्पिटल प्रालि तथा केजिएच ग्रुपको तर्फबाट आकर्षक गिफ्ट भौचर समेत प्राप्त गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २३ श्रावण २०७५ ०१:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App