८ वैशाख २०८१ शनिबार
खेल

प्याराग्लाइडिङ टोली इन्डोनेसिया प्रस्थान

काठमाडौं – इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुदमा सहभागिता जनाउन नेपाली प्याराग्लाइडिङ टोली मंगलबार  प्रस्थान गरेको छ।

पहिलो पटक एसियाली खेलकुदमा समावेश गरिएको प्याराग्लाइडिङ खेलमा सहभागिता जनाउनेमा नेपालका ५ पुरुष र ३ महिला खेलाडी छन् । नेपाली प्याराग्लाइडिङ टिममा सहभागिता जनाउन लागेका सबै खेलाडी कास्कीका हुन्। 

नेपाली प्याराग्लाइडिङ टिमले इन्डिभिजुअल एक्युरेसी, टिम क्रस कन्ट्री र टिम एक्युरेसीमा महिला पुरुष खेलाडीले छुट्टाछुट्टै पदकका लागि भिड्नेछन्।

प्रतियोगितामा नेपालबाट विमल अधिकारी (टिम कप्तान), विशाल थापा, सुशील गुरुङ, युकेश गुरुङ, विजय गौतम र महिला खेलाडीमा त्रिशा श्रेष्ठ, प्रतिमा भुजेल र सविता तामाङले प्रतिनिधित्व गर्नेछन् भने प्रशिक्षक योगेश भट्टराईले प्रशिक्षण दिनेछन्। 

नेपाली टिम थप प्रशिक्षणका लागि एक साताअघि नै इन्डोनेसिया जान लागेको हो । ‘प्याराग्लाइडिङमा खेल आयोजना हुने स्थानको हावाको चापलगायतले पनि प्रभाव पार्ने हुनाले खेलाडीलाई त्यहाँ अभ्यस्त बनाउन एक साताअघि नै जान लागेका हौं,’ प्रशिक्षक भट्टराईले भने।

प्याराग्लाइडिङ खेल अगस्ट १८ देखि ३० गतेसम्म आयोजना हुँदै छ।

 

प्रकाशित: २२ श्रावण २०७५ २३:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App