६ वैशाख २०८१ बिहीबार
राजनीति

‘नेपाली सेनाको कुशलताका लागि अमेरिकी सहयोग महत्वपूर्ण’

काठमाडाैं- उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल र अमेरिकाबीचको सैनिक सम्बन्धलाई ठोस र व्यवस्थित ढङ्गले कार्यक्रममा आधारित बनाउनुपर्ने बताएका छन्।

सिंहदरबारस्थित रक्षा मन्त्रालयमा अमेरिकी इण्डो–प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर ब्रायन फेन्टनसँगको भेटमा रक्षामन्त्री पोखरेलले नेपाली सेनाको तालीम र कुशलता अभिवृद्धिका लागि अमेरिकी सहयोग महत्वपूर्ण हुने बताए। 

सो अवसरमा डेपुटी कमाण्डर फेन्टनले नेपाल र अमेरिकाबीच ‘स्टेट पार्टनरसिप प्रोग्राम’(राज्य साझेदारी कार्यक्रम) सञ्चालन गर्ने नीतिबारे नेपाललाई पहिलो प्राथमिकता दिइएको बताए। 

नेपाली सेना र अमेरिकी सेनाले हाल सञ्चालन गरिरहेको संयुक्त तालीम अत्यन्त प्रभावकारी छ भन्दै उनले विश्व शान्ति स्थापनाका लागि नेपाली सेनाको अद्वितीय योगदान रहेको बताए। डेपुटी कमाण्डर फेन्टनले विगतदेखि सैन्य क्षेत्रमा अमेरिकाले पु-याउँदै आएको सहायतालाई निरन्तरता दिइने बताउँदै भने, “नेपालको लोकतन्त्रको विकासमा अमेरिका सदैव सहयात्रा गर्न तयार छ।” 

सो अवसरमा रक्षा मन्त्रालयका सहसचिव ऋषिराज भण्डारी, अमेरिकी दूतावासका उच्च अधिकारीका साथै परराष्ट्र मन्त्रालयका प्रतिनिधिको सहभागिता थियो। रासस

प्रकाशित: २२ श्रावण २०७५ ११:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App