coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

समृद्धिका लागि राष्ट्रिय पुँजी निर्माण : अध्यक्ष दाहाल

वीरगन्ज- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले देशलाई विकास गर्ने र समृद्धिको नारा साकार पार्ने वातावरण बनाउने दायीत्व सरकारको रहेको बताएका छन्। वीरगन्जमा मंगलवार नेपाल उद्योग बाणिज्य महासंघको जिल्ला तथा नगरस्तरीय उद्योग बाणिज्य संघहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले सरकार यस बिषयमा संवेदनशील रहेको प्रष्ट पारे।

संविधान निर्माण र तिनै तहको चुनावपछि पाँच बर्ष टिक्ने स्थिर सरकार बनेको बताउँदै उनले लगानीको सुरक्षाको वातावरण निर्माण गरेर मात्र विदेशी लगानी भित्र्याउन सकिन्छ भन्नेमा आफु प्रष्ट रहेको बताए। उनले समृद्धिका लागि राष्ट्रिय पुँजी निर्माण गर्नु पर्ने बताएका।

दहाल मंगलवार आयोजित कार्यक्रममा पुँजी तथा पुँजीपतिको सूरक्षा, निजी क्षेत्रको विकासका लागि उचित माहोल र नफा आर्जन गर्ने वातावरण निर्माणको पक्षमा आफ्नो ४० मिनेट लामो भाषण केन्द्रीत गरे। कार्यक्रममा उद्योग वाणिज्य तथा आपुर्तीमन्त्री मात्रिका यादवले अनुगमन र कारवाहीको दायरा बढाएकोमा राम्रो ब्यपारी तर्सिन नहुने बताए। सार्क उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चण्डिराज ढकाल, नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणा तथा उपाध्यक्ष किशोर कुमार प्रधान र वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्मा लगायतले नीजि क्षेत्रका समस्या र मुद्दाहरुका बारेमा बोलेका थिए।

 

 

 

प्रकाशित: २२ श्रावण २०७५ ११:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App