coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रविधि

चीन प्रवेशको तयारीमा  गुगल, प्रतिस्पर्धामा जित्ने बाइडुको दाबी


बेइजिङ – अमेरिकी सर्च इन्जिन गुगल चीन प्रवेश गर्नेे चर्चा चलेसँगै चिनियाँ सर्च इन्जिन बाइडुले आफ्नो बजार अझै सशक्त बनाएर गुगललाई जितिछाड्ने दाबी गरेको छ ।
चीनको सेन्सरसीप कानुनका कारण सन् २०१०मा चीन छाडेको गुगलले पछिल्लो समय चिनिया कानुनअनुरुप रुपान्तरण गर्दै चीनको बजारमा प्रवेश गर्ने तयारी थालेको हो।  चीनको सेन्सरसिप कानुन पालना हुने गरी गुगलले चीन लक्षित नयाँ संस्करण विकास गरिरहेको छ। चिनिया अनलाइन समाचार ‘दी इन्टरसेप्ट’ले गुगलले ड्रागन फ्लाईको अधिनमा रहेर काम गरिरहेको बताएको छ। यसमा मानव अधिकार, धर्मजस्ता विषयका खोजी भने निषेध गरिएको छ।गुगल की प्रवक्ताले चीनमा गुगल ट्रन्सलेटजस्ता विभिन्न मोबाइल एप उपलब्ध गराइरहेको बताएकी छन्। 
चीनिया सर्च इन्जिन बाइडुका प्रमुख कार्यकारी अधिकृत रोविन लिले गुगलमाथि जीत हासिल गर्न आवश्यक तयारी गरिरहेको बताएका छन् । चीनमा बाइडुको एकाधिकार रहँदै आएको छ। रोविनले भनेका छन्, ‘बाइडुले पुनः जित्नेछ, चिनिया कम्पनीमा आज विश्व बजारमै प्रतिश्पर्धा गर्न पर्याप्त क्षमता र आत्मविश्वास छ।’ 
सेन्सरयुक्त एप्लिकेसनसहित गुगल चीन जान लागेको समाचार सार्वजनिक भएपछि मानव अधिकारवादीहरुले भने अभिब्यक्ति स्वतन्त्रतामाथि संकुचन स्वीकारेको भन्दै आलोचना गरेका छन्। चीनले अमेरिकासँग सामना गरिरहेको ब्यापार व्यवधानका बीच फेसबुक, एप्पलजस्ता अमेरिकी कम्पनीमाथि कडाइ गरिरहेको छ। पछिल्लो समय एप्पलले मात्र आफ्ना सैयौ एप चीनबाट हटाएको छ भने फेसबुकले चीनिया नियन्त्रित बजारमा प्रवेश पाउन प्रयास गरिरहेको छ। एजेन्सी

 

प्रकाशित: २२ श्रावण २०७५ ०९:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App