coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

गंगामायालाई बचाउन प्रधानमन्त्रीको अमेरिका भ्रमण अगाडि नै राष्ट्रसंघलाई गुहार्छौं : अधिकारकर्मी

 काठमाडौं–‘गंगामाया बचाउ अभियान’ले गंगामाया अधिकारीका छोरा कृष्णप्रसाद अधिकारीको हत्याको मुख्य आरोपी छविलाल पौडेललाई तत्काल पक्राउ नगरे अन्र्तराष्ट्रिय फौजदारी अदालत जाने चेतावनी दिएको छ।

नेपालमा गंगामायलाई न्याय नदिइए आफूहरु प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रसंघको बैठकमा भाग लिन जानुअघि नै अधिकारीलाई न्याय दिलाउन राष्ट्रसंघसमक्ष र महासचिव बान की मुनलाई आग्रह गर्ने

सोमबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै अभियानले सर्वोच्च अदालतलेसमेत हत्याका मुख्य आरोपीलाई तत्काल पक्राउ गर्न आदेश दिएको उल्लेख गर्दै राष्ट्रिय कानुन बमोजिम कारवाही नगरे अन्तर्राष्ट्रिय कानुन बमाजिम अघि बढ्ने चेतावनी दिएको हो। अभियानकर्ता सुवोध प्याकुरेलले गंगामायालाई तत्काल अनशन तोड्न आग्रह गर्दै भने,‘पहिला बाँच्नुपर्यो अनि मात्रै न्यायको लागि लड्न सकिन्छ,  हाम्रो अनुरोध छ तपाइँ अनशन तोड्नुहोस, जीवन बचाएरमात्रै संघर्ष गर्न सकिन्छ।’

उनले चितवन जिल्ला अदालतले अस्पतालमै आएर बयान लिने भनेपनि अधिकारी बोल्न नसक्ने अवस्थामा रहेको जनाउँदै तत्काल सरकारलाई गम्भिर हुन आग्रह गरे। प्याकुरेलले नेपालमा गंगामायलाई न्याय नदिइए आफूहरु प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रसंघको बैठकमा भाग लिन जानुअघि नै अधिकारीलाई न्याय दिलाउन राष्ट्रसंघसमक्ष र महासचिव बान की मुनलाई समेत आग्रह गर्ने जनाए ।

कार्यक्रममा अभियानकर्ता प्राध्यापक कपिल श्रेष्ठले सर्वोच्च अदालतले दोषी आशंका गरेको व्यक्तिलाई पक्राउ गरेर कारवाही अघि नबढाएको घटनालाई मुलुकमा विधिको शासन नरहेको र सरकारले दण्डहिनताको माध्यमबाट शासन र सत्ता चलाउन लागेको आरोप लगाए।
‘स्वदेशमा न्याय पाइएन भने यो प्रक्रिया अन्तर्राष्ट्रियकरण भयो भने हाम्रा नेताहरुले सीमाना नै पार गर्न नसक्ने हुन्छन्।’

अधिवक्ता एवम् मानवअधिकारकर्मी दिनेश त्रिपाठीले सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएको आरोपीलाई अहिलेसम्म पक्राउ नगर्नु सर्वोच्च अदालतको सर्वोच्चतालाई खिल्ली उडाउनु भएको टिप्पणी गरे । ‘यो व्यक्तिगत मामिलाको लागि अनशन बसेको होइन,’ उनले भने,‘उहाँ विधिको शासन र न्यायको लागि अनशन बस्नुभएको छ ।’

उनले न्यायकालागि पनि आफू बाँच्नुपर्ने भन्दै अनशनरत अधिकारीलाई तत्काल अनशन तोड्न आग्रह गरे। त्रिपाठीले अपराधीलाई अहिलेसम्म कारवाही गर्न नसक्नु भनेको अपराधीले राज्यलाई कब्जामा लिएको आरोप लगाए। मानवअधिकारकर्मी शर्मिला कार्कीले अपराधीलाई दण्ड दिलाउनका लागि पनि आफू बाँच्नु महत्वपूर्ण भएकोले तत्काल अनशन तोड्न आग्रह गर्दै अहिलेसम्म अधिकारीले न्याय नपाउनु भनेको मुलुकमा दण्डहिनताको पराकाष्ठा नाघेको र राष्ट्रिय लज्जाको विषय बनेको टिप्पणी गरिन् ।

डा. केदारनरसिंह केसीले आफूलाई बचाएरमात्रै आफ्नो अधिकारकालागि लड्न सकिने भन्दै अधिकारीलाई तत्काल अनशन तोड्न आग्रह गरे। केसीले भने,‘तपाइँको साथमा हामी छौं, अनशन तोडेर आउनुहोस्, अनिमात्रै संगसँगै लडौं ।’ सर्वोच्च अदालतको आदेश बमोजिम हत्याका आरोपलाई पक्राउ नगरिएसम्म अनशन नत्याग्ने भनि अधिकारीले थालेको अनशनको आज ३२ औं दिन पूरा हुँदा समेत राज्यले कुनै वास्त नै नगरेको उनी बचाउ अभियानले आरोप लगाएको छ ।

 

प्रकाशित: २७ भाद्र २०७३ ११:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App