coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

मंसीरमा दर्शकलाई नम्रता–विपिनको ‘प्रसाद’

फिल्म ‘प्रसाद’का कलाकार विपिन कार्की(बाँया), नम्रता श्रेष्ठ(बीच) र निश्चल बस्नेत(दाँया) । तस्बिरः नागरिक

काठमाडौं – निसन्तान दम्पतीको कथामा निर्माण भएको फिल्म ‘प्रसाद’ आगामी मंसीर २१ गते रिलिज हुने भएको छ । निर्देशक दिनेश राउतको निर्देशनमा बनिरहेको फिल्मको आइतबार ललितपुरमा आयोजित ‘इन्डक्ल्याप’मा फिल्म मंसीरमा रिलिज हुने घोषणा गरिएको हो।

निर्देशक राउतले फिल्मको काम समयतालिका अनुसार नै सकिएको बताए । ‘हामीले जुन समय तोकेर फिल्मको काम सक्ने योजना बनाएका थियौं । त्यही अनुसार नै काम सम्पन्न भएको छ,’निर्देशक राउतले भने,‘अनुभवी कलाकारको कामले गर्दा पनि मलाई फिल्मको सुटिङ समयमै सकाउन सजिलो भयो ।’ निर्देशक राउतले यसअघि फिल्म ‘आइ एम सरी’, ‘नोभेम्बर रेन’, ‘क्लासिक’ र ‘पर्व’ निर्देशन गरिसकेका छन्।

नायिका नम्रता श्रेष्ठले रमाइलो किसिमले फिल्मको सुटिङ गरिएकाले सुटिङ सकिएको पत्तो नै नपाएको बताइन् । ‘हामीले सोचे अनुसार काम गरेका छौं । काममा कुनै पनि कम्प्रोमाइज गरेका छैनौं,’उनले भनिन्,‘मलाई यो फिल्ममा दर्शकले अलिक फरक चरित्रमा देख्नुहुनेछ ।’ फिल्ममा उनी गृहिणी भूमिकामा छिन् । फिल्म ‘जायरा’का लागि कपाल मुण्डन गरेकी नम्रताले यो फिल्ममा नक्कली कपाल लगाएकी छन्।

अर्का कलाकार निश्चल बस्नेतले आफूले अभिनय गरेका अन्य फिल्मभन्दा ‘प्रसाद’ मा फरक भूमिका रहेको बताए । ‘यो फिल्म छुट्टै खालको तर राम्रो बनेको छ भन्नेमा म विश्वस्त छु ,’उनले भने, ‘आजसम्म एक्टरको रुपमा खेलेका फिल्मभन्दा यसमा मैले केही मेहनत गरेर राम्रो काम निकाल्न सकेँ जस्तो लागेको छ ।’ उनले  फिल्ममा दर्शकले आफ्नो अभिनयमा वयस्कता देख्न पाउने बताए।

फिल्मका निर्माता सुवास थापाले फिल्मको काम समय तालिका अनुसार सकिएकाले पोष्टप्रोडक्सनको काम पनि छिटो सक्ने बताए । निःसन्तानका कारण पति र पत्नीबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य–मान्यता विरुद्धको कथा बोल्ने फिल्ममा पत्रकार सुशिल पौडेलको पटकथा तथा संवाद छ ।सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, कोशिस क्षेत्री र सुभाष भुसालको संगीत छ ।



 

प्रकाशित: २२ श्रावण २०७५ ०२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App