७ वैशाख २०८१ शुक्रबार
समाज

ट्रिपर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

नुवाकोट - नुवाकोटको ककनी गाउँपालिक वडा नम्बर १ चिसोधारा स्थित पासाङ ल्हामु राजमार्गमा ट्रिपर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुर्इ घार्इते भएका छन्। 

सोमबार विहान ककनीबाट बालुवा लिएर काठमाडौं जादै गरेको बा. ५ ख ४५३७ नम्बरको ट्रिपर दुर्घटना हुँदा मृत्यु हुनेमा ट्रिपरका सहचालक गोरखाको अजिरकोट गाउँपालिका ३  का १९ वर्षीय मेखराज गुरुङ रहेका छन्।

दुर्घटनामा परि गाडीका चालक शिवपुरी गाउँपालिका ७ का  ३२ वर्षीय शेषमान तामाङ तथा गाडीमा सवार शिवपुरी गाउँपालिका ६  का २८ वर्षीय रोशन  तामाङ घार्इते भएका छन्।

ट्रिपर अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

 

प्रकाशित: २१ श्रावण २०७५ ०८:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App