८ वैशाख २०८१ शनिबार
समाज

दुई दिनभित्र डिस्चार्ज हुँदै डा. गोविन्द केसी

फाइल तस्बिर


काठमाडौं– त्रिवि शिक्षण अस्पताल महाराजगञ्मा उपचाररत डा. गोविन्द केसी दुई दिन भित्र डिस्चार्ज हुने भएका छन्।  गत असार १६गतेदेखि २७ दिनसम्म निरन्तर भोकै अनशन बसेका डा केसीको स्वास्थ्यस्थिति हाल सामान्य भएपछि डिस्चार्ज हुन लागेका हुन्।

चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि ७ बुँदे माग राख्दै १५औ अनशन बसेका केसीसँग सरकारले उनका माग पुरा गर्न ९ बुँदे सहमति गरेपछि डा. केसीले गत साउन १० अनशन तोडेका थिए।

स्वास्थ्यस्थिति गम्भिर भएपछि डा.केसीलाई अनशन तोडेलगत्तै शिक्षण अस्पतालको अतिविशिष्ट कक्षमा राखिएको थियो। चार दिनदेखि भने उनी जनरल वार्ड राखिएको छ।

‘अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य भइसकेको छ तर कमजोरीका कारण उभिन सक्नेसमेत अवस्थामा हुनुहुन्न,’डा केसीको उपचारमा संलग्न डा दिव्या सिंहले भनिन,‘डा. केसीले झोल खानेकुरा खान थाल्नु भएको छ।’ भोलि उहाँको सबै परीक्षण गर्नेछौ र सबै राम्रो देखिए २ दिनभित्र डिस्चार्ज गर्छौ।

प्रकाशित: २१ श्रावण २०७५ ०७:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App