coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रातिसँगै सुतेका पती खोलामा मृत भेटिए

हीराबहादुर घर्तीमगर

भदौ–राति एउटै घरमासँगै सुतेका पति विहान खोलाको बगरमा मृत फेला पर्दा पत्नीको मन कस्तो होला? कल्पना गर्न नसकिने यस्तै घटना रोल्पामा भएको छ। कोर्चाबाङ–५ निमृकी ३६ वर्षीय पूर्णकुमारी पुनमगरलेसँगै सुतेका पतिलाई विहान ओछ्याउनमा फेला पारिनन्।
ब्यूझँदा ओछ्याउनमा पति नदेखेपछि खोजी गर्न थालिन्।

बिरामी पति नदेख्दा जति मन कुँडिएको थियो, उनलाई त्यो भन्दा धेरै पीडा माडी खोलाको बगरमा पति मृत फेला परेको खबरले दियो। चिन्ताले हैरान बनेकी पूर्णकुमारी वेहोस भइन्। मजदुरी गरेर जिविका चलाउँदै आएका पति केही हप्ता यता अलि बढी नै बिरामी परेका थिए।

घरदेखि करिव चार किलोमिटर टाढाको माडी खोलाको बगरमा पौडी खेल्न गएका युवाले वेवारिसे शव देखेका थिए। स्थानीय लालबहादुर घर्तीमगरका अनुसार पौडी खेल्न गएका युवाहरुले बगरको छिपछिपे पानीमा लाश देखेर प्रहरीलाई खबर गरेका थिए। शव रहेको स्थानबाट माडीचौर प्रहरी चौकी दुई मिनेटको बाटोमा पर्दछ। प्रहरीले बगरमा पुगेर लाशको अवलोकन गरेको थियो।

कहाँबाट कसको शव खोलाले बगाएर ल्यायो भन्ने यकिन गर्न सकेको थिएन। खोलामा शव देखिएको गाउँमा खबर फैलिएपछि मानिसहरु बगरसम्म पुगे। बगरमा शव हेर्न गएका छिमेकीले निमृका कृतिमानको शव भएको सुझाएपछि प्रहरीले पनि खबर पठायो।

मृत्युको खबरले घरमा पत्नी, छोरा र छोरी भावविहोल बनेका छन्। छिमेकी देवसरा बाँठाका अनुसार बिरामी कृतिमानलाई साँझ धामी झाँक्री बोलाएर झारफुकसमेत गरिएको थियो। झारफुक गरेर सबै परिवार सुुतेका थिए। मानसिक समस्याले सताइएका कृतिमानले एक वर्षदेखि जाँड रक्सी पनि पिउँदै आएका थिए। हल्का सञ्चो भएको बेला मजदुरी गर्ने र बिरामी हुँदा उनी घरमै बस्ने गर्दथे।

परिवारका सबै जना निदाएका बेला उनी घरबाट निस्किएको अनुमान गरिएको छ। उनको घरबाट पाँच मिनेटमा माडी खोलामा पुग्न सकिन्छ। जंकोट–२ को माथला गाउँतिर जान खोज्दा वर्षामा बढेको खोलाले बगाएको हुन सक्ने वा उनी आपैmंले हामफालेको हुन सक्ने अनुमान गरिए पनि एकिन हुन सकेको छैन्। तीन वर्षयता उनमा मानसिक समस्या देखिँदै आएको थियो।

घटनाबारे अनुसन्धान भई जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए। बगरमा बेवारिसे शव फेला परेको खबर पाएपछि प्रनाउ घर्तीमगर घटना स्थल पुगेका थिए। उनका अनुसार शवको पोष्टमार्टमकालागि जिल्ला अस्पताल रेउघा ल्याइएको छ।

 

प्रकाशित: २७ भाद्र २०७३ ०८:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App