८ वैशाख २०८१ शनिबार
समाज

बाढीका कारण पूर्व-पश्चिम राजमार्ग अवरुद्ध, नेताको गाडी डुब्यो

बाढीका कारण अाएपछि राेकिएका सवारी साधन। तस्विर: मदन

काठमाडौं—तीन दिनदेखि भइरहेको अविरल वर्षापछि चुरे क्षेत्रबाट आएको बाढीले राैतहटकाे चन्द्रपुर नगरपालिका चाँदी खोला नजिकै पूर्व—पश्चिम राजमार्ग अवरुद्ध भएको छ। जुडिबेला र पौराइ लचकामा राजमार्ग अवरूद्ध भएकाे प्रहरीले जनाएकाे छ।

माओवादी केन्द्रका नेता एवं सांसद प्रभु साहको गाडी राजमार्गमा डुबेको छ। सिराहाको मिर्चैयामा आज प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने आमसभामा भाग लिन उनी पूर्व जाँदै थिए। साह चढेको बा १ ज ८४९३ नम्बरको निजी गाडी चाँदी खोल नजिकै डुबेको हो।

जमार्ग अवरुद्ध हुँदा करिब एक हजार सवारी साधन एवं तिनमा सवार सर्वसाधारण अलपत्र परेका छन्। पूर्वबाट आएका सवारी साधनलाई सुरक्षाकर्मीले बागमतीमा रोकेका छन्। पश्चिमबाट पूर्व जाने सवारी साधनलाई चन्द्रनिगाहपुरमा रोकिएको रौतहट जिप्रका डिएसपी नवीनकृष्ण भण्डारीले बताए।

प्रभु साहको गाडी डुब्यो

माओवादी केन्द्रका नेता एवं सांसद प्रभु साहको गाडी राजमार्गमा डुबेको छ। सिराहाको मिर्चैयामा आज प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने आमसभामा भाग लिन उनी पूर्व जाँदै थिए। साह चढेको बा १ ज ८४९३ नम्बरको निजी गाडी चाँदी खोल नजिकै डुबेको हो।

उनको गाडी पानीमा डुबेपछि स्टार्ट बन्द भएको थियो। इन्जिनमा पानी पसेर स्टार्ट बन्द भएको गाडीलाई पछि कार्यकर्ताले ठेलेर निकाल्न सफल भएका थिए।

‘बाढीले मेरो गाडी डुबायो। ठेलेर चन्द्रनिगाहपुर ल्याएर अहिले मर्मत भइरहेको छ’, नेता साहले भने, ‘राजमार्ग अवरुद्ध हुँदा अध्यक्षले सम्बोधन गर्ने कार्यक्रममा हिँडेका बारा, पर्सा, रौतहटका हजारौं कार्यकर्ता अलपत्र परेका छन्।’

पूर्व हिँडेका करिब २ सय गाडी चन्द्रनिगाहपुरमा मात्रै रोकिएका छन्। सर्लाहीको बागमतीमा त्यो भन्दा बढी संख्यामा गाडी रोकिएको सुरक्षा अधिकारीहरुले उल्लेख गरेका छन्। राजमार्ग अवरूद्ध भएपछि केही सवारी साधन वीरगञ्ज, हेटाैंडामै राेकिएका छन्।

प्रकाशित: २७ भाद्र २०७३ ०८:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App