८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

इमरानलाई सोमबार प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिने

इस्लामावाद- पाकिस्तानको तेहरीक–ए–इन्साफ (पिटीआई) का अध्यक्ष इमरान खानलाई भोलि (सोमबार) औपचारिक रुपमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिने भएको छ। 

पार्टीका प्रवक्ता फवाद चौधरीले दिएको जानकारी अनुसार सोमबार बस्ने पार्टीको संसदीय दलको बैठकले खानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गर्नेछ। पार्टीको संसदीय दलको बैठक सोमबार इस्लामाबादमा बोलाइएको छ। 

“पार्टीका तर्फबाट निर्वाचित सबै नेतालाई सोमबारको बैठकमा अनिवार्य उपस्थित हुन भनिएको छ,” उनले भने। उनले खानको नेतृत्वमा केन्द्रीय सरकार बनाउन आवश्यक पर्ने सांसदहरुको संख्या पुग्ने दावी पनि गरे। 

पिटिआइका सांसद र स्वतन्त्र सांसद गरी संघीय संसदमा १२५ जना सांसद आफ्नो पक्षमा रहेको चौधरीको भनाई छ। तर, संघीय संसदमा आफ्नो पार्टी, स्वतन्त्र र गठबन्धनमा रहेका पार्टीका गरी १७४ जना सांसद खानको पक्षमा रहेको पनि उनले जानकारी दिए। बलुचिस्तान नेसनल पार्टीका तीन सांसदले पनि खानको पक्षमा मतदान गर्नेछन्। 

पाकिस्तानमा गत जुलाई २५ तारिखमा भएको निर्वाचनबाट खानको पार्टी पिटिआइ सबैभन्दा ठूलो पार्टी भएपछि उनको नेतृत्वमा सरकार गठन गर्ने तयारी भएको हो। 

खानले मन्त्रिपरिषद् १५ देखि २० सदस्यीय मात्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। 

प्रकाशित: २० श्रावण २०७५ १६:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App