भेनेजुयला आक्रमणमा अमेरिकी संलग्नता छैन् : बोल्टन

आइतबार, २० साउन २०७५, २२ : २२ एजेन्सी

वासिङ्टन- आइतबार भेनेजुयलाका राष्ट्रपति निकोलास मदुरोलाई लक्षित गरी भएको भनिएको ड्रोन आक्रमणमा ‘अमेरिकी सरकारको सम्लग्नता’ नरहेको अमेरिकी सुरक्षा सल्लाहकार जोन बोल्टनले बताएका छन्।

भेनेजुयलाका राष्ट्रपतिले राजधानी काराकस सैन्य प्रदर्शनपछिको कार्यक्रमलाई सम्बोधन गर्दैगर्दा मदुरोलाई ड्रोनको सहयोगमा विष्फोट गरी आक्रमण प्रयास गरिएको थियो। 

तर उक्त घटनामा राष्ट्रपतिलाई कुनै चोट नलागेको बताइएको छ। राष्ट्रपतिको सुरक्षार्थ खटिएका केही सैनिक भने आक्रमणमा घाइते भएका थिए। 

अमेरिकी फक्स टेलिभिजनसँग कुराकानी गर्दै बोल्टनले आक्रमणमा अमेरिकी सम्लग्नता नरहेको स्पष्ट पारे। बोल्टनले घटनाप्रति शङ्का गर्दै भने, “घटना भेनेजुयलाको मदुरो सरकारद्वारा आफै रचेको प्रपञ्च वा अन्य केही भएको हुनसक्छ।” 

अमेरिकी सम्लग्नतालाई नकार्दै बोल्टनले भने, “यदि भेनेजुयलासँग घटनामा अमेरिकी सम्लग्नता रहेको प्रष्ट सूचना छ भने यसको हामीले गम्भीरतासाथ हेर्नेछौँँ।” 

राष्ट्रपति मदुरोले आक्रमणलाई हत्या प्रयासमा कोलम्बियाको सम्लग्नता रहेको आरोप लगाएका थिए। यद्यपि आक्रमणको एक भूमिगत विद्रोही समूहले जिम्मेवारी लिएको थियो। 

बोल्टनले भेनेजुयलामा रहेको अमेरिकी कार्यबाहक राजदूतलाई सम्पर्क गरेको बताउँदै आफ्नो राजदूताबास र यसमा कार्यरत कर्मचारी सबै सकुशल रहेको कार्यबाहक राजदूतले बताएको जानकारीसमेत टेलिभिजनमार्फत गराए। 






यसमा तपाईको मत

अन्य समाचार

नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टसले संयुक्त रुपमा आयोजना गर्दै आएको नेपाल उड इन्टरनेसनल एक्सपो तथा...

पोखरामा सिभिल बैंकको गण्डकी प्रदेश कार्यालय तथा शाखा

पोखरामा सिभिल बैंकको गण्डकी प्रदेश कार्यालय तथा शाखा

सिभिल बैंक लिमिटेडले आफ्नो गण्डकी प्रदेश कार्यालय तथा शिवचोक शाखा पोखरा महानगरपालिकाको शिवचोक–१० मा स्थापना गरेको छ । ...

वैदेशिक रोजगारको अनलाइन भुक्तानी सम्झौता

वैदेशिक रोजगारको अनलाइन भुक्तानी सम्झौता

वैदेशिक रोजगार विभाग र नेपाल क्लियरिङ हाउस (एनसिएचएल) बीच एनसिएचएलको कनेक्ट आइपिएस इ–पेमेन्ट प्रणालीमार्फत वैदेशिक रोजगार विभागकोे अनलाइन भुक्तानी संकलनका...

एपोलो टायरको ध्यान नेपालमा

एपोलो टायरको ध्यान नेपालमा

एपोलो टायरले नेपालमा आफ्नो कार्यालय स्थापना गरेको छ । ...

एन आई सि एसियाको कार्डबाट खरिद गर्दा सामसङको मोबाइलमा विशेष छुट

एन आई सि एसियाको कार्डबाट खरिद गर्दा सामसङको मोबाइलमा विशेष छुट

सामसङले  ग्यालेक्सी S10/S10 + तथा सामसङ ग्यालेक्सी Note10/ Note 10+ मा विशेष छुटको अफर ल्याएको छ । ...

गेमिंग ल्यापटप खरिद गाइड

गेमिंग ल्यापटप खरिद गाइड

२०२० मा कस्तो गेमिंग ल्यापटप किन्ने ? ...

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप अब विराटनगरमा

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप अब विराटनगरमा

सि.जी. इलेक्ट्रोनिक्स को १८ औं शोरुम तथा एल.जी को ८औं नयाँ प्रिमियम ब्राण्ड शप विराटनगरमा संचालनमा आएको छ । ...

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

Ncell Footer Ad