८ वैशाख २०८१ शनिबार
राजनीति

परराष्ट्रमन्त्री महतद्वारा भारतीय विदेशमन्त्री स्वराजसँग भेटवार्ता

परराष्ट्रमन्त्री डा.महत भारतीय विदेशमन्त्री स्वराजसँग भेटगर्दै। तस्विर साैजन्य: शंकर तिवारी

काठमाडौं- परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भारतीय समकक्षी सुस्मा स्वराजसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको पूर्वसन्ध्यामा आइतबार नयाँ दिल्ली पुगेका उनले केही समयअघि भारतीय परराष्ट्रमन्त्रालयकाे जहवार भवनमा स्वराजसँग भेटवार्ता गरेका हुन्।

'परराष्ट्रमन्त्रीले भारतीय पक्षसँग कुराकानी गरिरहनु भएको छ। भारतीय समकक्षीसँग उहाँले दुइ देशबीचको अपसी सम्बन्ध र प्रधानमन्त्री दाहालको असन्न भारत भ्रमणको तयारीबारे कुरा राख्नु भएको छु', स्रोतले भन्यो।

भेट अवसरमा परराष्ट्रमन्त्री महतले प्रधानमन्त्री दाहाल भ्रमणका एजेन्डा र तयारीबारे स्वराजसँग छलफल गरेका थिए। 'परराष्ट्रमन्त्रीले भारतीय पक्षसँग कुराकानी गरिरहनु भएकाे छ। भारतीय समकक्षीसँग उनले दुइ देशबीचको अपसी सम्बन्ध र प्रधानमन्त्री दाहालको असन्न भारत भ्रमणको तयारीबारे कुरा राख्नु भएको छ', स्रोतले भन्यो।

पूर्व निर्धारित तालिकअनुसार साढे १२ बजे परराष्ट्रमन्त्री महत भारतीय विदेश मन्त्रालय पुगेका थिए। त्यहाँको नेहरू भवनमा दुइ देशका परराष्ट्रमन्त्रीबीचको बैठक तय गरिएको थियो।

प्रधानमन्त्री दाहालले भदौ ३० गतेदेखि भारतको भ्रमण गर्दैछन्।

 

प्रकाशित: २७ भाद्र २०७३ ०७:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App