१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गोक्यो तालमा बेपत्ता तीन छात्र खोज्न थप टोली परिचालन

खोटाङ– शैक्षिक भ्रमणमा गएका बेला सोलुखुम्बुको गोक्यो तालमा बेपत्ता तीन छात्रको खोज तथा उद्धारका लागि थप उद्धार टोली खटिएका छन्। समुद्र सतहदेखि ५ हजार उचाईमा रहेको गोक्यो तालमा डुबेर बेपत्ता बनेका खुम्बु पासाङल्हामु गाउँपालिका–४ खुम्जुङस्थित खुम्जुङ माबिमा कक्षा ९ मा अध्ययनरत १७ वर्षीय पेम्बादोर्जे शेर्पा, १६ वर्षीय पेम्बानुरु शेर्पा र खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चेका १६ वर्षीय सुनिल बराईलीको खोज तथा उद्धारका लागि शनिबार नेपाली सेना र नेपाल प्रहरीको थप टोली खटाइएका हुन्। शनिबार हेलीकोप्टर नआएपछि सेना र प्रहरीको तालिम प्राप्त उद्धार टोली पैदल प्रस्थान गरेको सोलुखुम्बुका डिएसपी रेशम पराजुलीले बताए। 

शुक्रबार ३२ विद्यार्थी, दुई शिक्षक र एक कार्यालय सहयोगी सहित ३५ जनाको टोली शैक्षिक भ्रमणमा गएका थिए। बेपत्ताको खोज तथा उद्धारका लागि शुक्रबारनै खुम्जुङबाट सिम्रिक एयरको हेलीकोप्टरबाट प्रहरी र अभिभाबकको ७ जनाको टोली गोक्यो तालमा पुगिसकेका छन्। मौसमका कारण दोश्रो हेलीकोप्टर नआएपछि शुक्रबार नै सईको नेतृत्वको प्रहरीको एक टोली पनि पैदल घट्नास्थल पुगेको छ। घट्नास्थलमा खटिएका उद्धार टोलीले तालमा शव देखिएपनि झिक्न नसकेको डिएसपी पराजुलीले बताए। ‘शुक्रबार खटिएका टोली उद्धारमै छन्, थप टोली शनिबार पैदल पठाइएको छ,’ पराजुलीले भने, ‘शव पानीमा तलमाथि गरेको देखिएको तर बाहिर निकाल्न नसकिएको जानकारी आएको छ।’ 

घट्नास्थलबाट डेढघण्टा टाढा पुगेपछि मात्र फोन लाग्ने ठाउँमा पुगिने भएकाले घट्नाको जानकारी लेनदेनमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। शिक्षकलाई नसोधी पौडी खेल्न तालमा पसेका दुई बिद्यार्थी डुव्न लागेपछि तालबाहिर रहेका तेस्रो बिद्यार्थीले तान्नेक्रममा तीनै छात्र बेपत्ता भएका हुन्। घट्नास्थल इलाका प्रहरी कार्यालय नाम्चे पैदल डेढ दिनको दुरीमा पर्छ। 

प्रकाशित: २० श्रावण २०७५ १६:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App