४ वैशाख २०८१ मंगलबार
राजनीति

'देशको स्थिती हेर्दा संघीयता श्राप बन्न सक्छ' : विजुक्छें

फाइल तस्विर

काठमाडाैं - नेपाल मजदुर किसान पाटीका अध्यक्ष नारायणमान विजुक्छेंले देशको स्थिती हेर्दा संघियता श्राप बन्न सक्ने बताएका छन्। पार्टीकाे २९ अाैं परिषद बैठककाे समापन समाराेहमा बाेल्दै विजुक्छेंले देशको संघियताले इमान्दार मानिसहरुलाई गारो हुने बताए। उनले यसका विरुद्ध कार्यकर्ताहरुलाई संघर्ष नछोड्न समेत निर्देशन दिए।

यस्तै बैठकले महंगी तथा भ्रष्टाचार विरोधी गतिविधी सञ्चालन गर्ने, वैदेशिक हस्तक्षेप विरुद्ध अभियान चलाउने निर्णय गरेको पार्टी सचिव प्रेम सुवालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। आइतवारको बैठकले पार्टी सचिब सुवालले प्रस्तुत गरेको केन्द्रिय समितिको प्रतिवेदन तथा केन्द्रिय सदस्य सुनिल प्रजापतिले प्रंस्तुत गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रस्तावलाई सुझाव सहित पारित समेत गरेको छ।  

परिषद बैठकले चैत चैत १,२,३ र ४ गते पार्टीकाे साताैं महाधिवेशन सम्पन्न गर्ने निर्णय समेत गरेकाे छ।

प्रेम सुवालद्वारा जारी प्रेस विज्ञप्ती :

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App