फेसबुक र ट्विटर धेरै चलाउने बालबालिका झगडालु

सोमबार, २७ भदौ २०७३, १३ : १८ एजेन्सी

लण्डन– फेसबुक, ट्विटर र इन्ट्राग्राम जस्ता सामाजिक संजाल चलाउने बालबालिका अन्य बालबालिकाको तुलनामा झगडालु हुने एक अध्ययनले देखाएको छ। अध्ययनका अनुसार सामाजिक सांजल धेरै प्रयोग गर्ने बालबालिका सधै तनाब र दुखमा हुने गर्छन्।

बेलायतको इसेक विश्वविद्यालयले १० देखि १५ वर्ष उमेर समूहका करिब ३५ सय बालबालिकामा गरिएको अध्ययनले यस्तो तथ्य सार्वजनिक गरेको हो। अध्ययनका अनुसार सामाजिक संजालमा दैनिक राति तीन घण्टा बिताउने ४७ प्रतिशत बालबालिका सधै निराश रहने गरेको जनाएको छ। साथै अध्ययनले धेरै समय सामाजिक संजालमा बिताउने बालबालिका मध्य ४४ प्रतिशतले आफ्ना अविभावकसँग कम्तीमा हप्ताको एक पटक विवाद पर्ने  गरेको र आफ्नो कक्षा कोठामा समेत साथीहरुसँग राम्रो व्यवहार नगर्ने बताएका थिए।

अध्ययनमा सहभागी ३५ सय बालबालिका मध्य ६७ प्रतिशत बालबालिकाले दैनिक रुपमा सामाजिक संजालको प्रयोग गर्ने गरेको र यसकारण आफ्ना अविभावकले सधैं गुनासो गरिरहने बताएका थिए भने १७ प्रतिशतले केही दिनको अन्तरालमा सामाजिक संजाल प्रयोग गर्ने गरेकाले अविभावकले खासेै वास्ता नगर्ने बताएका थिए।

त्यस्तै ११ प्रतिशत बालबालिकाले कमै मात्र सामाजिक संजाल चलाउने गरेको र आफ्ना अविभावकले केही गुनासो नगर्ने बताएका थिए भने ५ प्रतिशत बालबालिकाले आफूलाई फेसबुक चलाउन अफ्ठेरो लाग्ने बताएका र यसमा आफ्नो अविभावकको साथ नपाएको बताएका थिए। बालकको तुलनामा बालिका धेरै झगडालु स्वाभावको रहने गरेको पनि अध्ययनले देखाएको छ।

 








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad