८ वैशाख २०८१ शनिबार
अन्य

‘हिरोइनलाई सपिङ गर्दा बार्गेनिङ गर्नै गाह्रो’

अभिनेत्री सन्ध्या केसी टिभी होस्ट हुँदै फिल्ममा प्रवेश गरेकी हुन्। उनी कुन्दलिनी डायग्नोस्टिक सेन्टरमा बजार कार्यकारीको रुपमा जागिर पनि खाइरहेकी छिन्। अनमोल केसीको ‘ड्रिम्स’बाट फिल्ममा डेब्यू भएकी उनको ‘ह्याप्पी न्यू इयर’मा अभिनय थियो। उनी अभिनित ‘पण्डित बाजेको लौरी’, ‘कथा काठमाडौं’ र ‘कमलेको बिहे’ प्रदर्शनको तयारीमा छन्। 

तपार्इं हिरोइन नबनेको भए के बन्नुहुन्थ्यो ?

सायद आर्मी हुन्थेँ होला । मेरो ड्याडीले मलाई सिधै आर्मीमा पठाउनुहुन्थ्यो होला ! 

हिरोइन भइसकेपछि तपाईं सबैभन्दा बढी के कुरालाई मिस गर्नुहुन्छ ?

अहिले पनि त्यति धेरै पपुलर त  भएकी छैन । तर जहाँ गएर जे पनि गर्न भने नमिल्ने रहेछ । कतै न कतै कसैले न कसैले चिनिराको हुँदोरैछ । अर्को कुरा, सपिङ गर्दाखेरी बार्गेनिङ गर्न नपाइने रैछ । 

तपाईंको पहिलो जागिर र तलब कति थियो ?

पहिलो जागिर २४ टेलिभिजनमा थियो भने तलब १२ हजार पाएको थिएँ ।  

जीवनको कुनै यस्तो दिन जसलाई तपार्इं फेरि जिउन चाहनुहुन्छ ?

(सोच्दै) अँ, कुन छ र त्यस्तो । अँ, ममी ड्याडीसँग बैंकक गएको मुमेन्ट फेरि जिउन पाए हुन्थ्यो । एकदमै रमाइलो भएको थियो । 

मनोरञ्जन क्षेत्रको कुन कुरा तपार्इंलाई सबैभन्दा बढी मनपर्छ ? 

दर्शकले देखाउने सद्भाव, प्रेम र चासो नै हो । 

के कुराले चित्त दुख्छ ?

यहाँ मान्छेहरु छिट्टै जज गर्छन् । फलानो हिरोइन यस्तो रे, उस्तो रे भनेर नजिकबाट नचिनी जज गरेको मन पर्दैन । यथार्थ नबुझी व्यक्तिको क्यारेक्टरलाई लिएर नराम्रो कमेन्ट नगरिदिए हुन्थ्यो भन्ने लाग्छ। आखिर हाम्रो पनि त परिवार हुन्छ नि, होइन र ? क्यारेक्टरलाई लिएर कमेन्ट गर्दा चित्त दुख्छ। 

एउटा हाइपोथेटिकल प्रश्न, तपार्इंको अगाडि साँच्चिकै भूत प्रकट भयो भने के गर्नुहुन्छ ?

मलाई त ४ वर्षजति भयो– स्लिपिङ प्यारालाइसिस भइरहेको हुन्छ ।  यस्तो बेला वरिपरि भूतजस्तो देखिने रैछ । दिमाग पनि नेगेटिभ हुन्छ । पहिला त डराएर बिरामी पनि भए । अहिले त मतलब लाग्दैन । तैपनि साच्चिकै देखेँ भने त हट्अट्याक नै हुन्छ होला है (हाँस्दै) । 

अनि प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिला के काम गर्नुहुन्छ ?

सायद काठमाडौंको धुलोधुवाँ हटाउँथे । यसले राजधानीवासीको स्वास्थ्यमा ठूलो असर पु¥याएको छ । 

कस्तो कुराले तपाईंलाई खुसी बनाउँछ ?

मैले गरेको काममा राम्रो हुँदा, घरमा शान्ति छाउँदा, फेमिली हेल्दी हुँदा खुसी लाग्छ । 

के देख्दा दुःख लाग्छ ? 

मम ड्याडी बिरामी हुँदा म त साइको नै हुन्छ । अनि कुनै दिन ब्याड लक लागेर बिहानदेखि साँझसम्म काम भएन भने दुःख लाग्छ । 

केटाहरुले प्रेम प्रस्ताव राख्दा कस्तो लाग्छ ? 

राम्रै लाग्छ । प्रस्तावलाई गलत तरिकाले लिनु हुन्न । स्वीकार्नु÷नस्वीकार्नु आफ्नो कुरा छँदैछ ।  

तपार्इंंको गोप्य कुरा जे दर्शकलाई थाहा छैन ?

म कहिलेकाहीँ रियलमै पनि झुट बोल्न सक्छु, एक्टिङ गर्न सक्छु (हाँस्दै) । ला ...त्यो नलेख्नु ल । फेरि अरूले थाहा पाउलान् । 

तपाईंले चाहेको तर गर्न नसकेको कुनै अधुरो काम ? 

मलाई वर्ल्ड टुर गर्ने मन छ तर सकेको छैन्।

तपाईंको कमजोरी के हो ? 

म एकदमै सेल्फिस छु । ला...त्यो नलेख्नु ल(हाँस्दै) । करिअर ओरिएन्टेड छु भन्न खोजेको । अरूको भावनामा छिट्टै बग्दिनँ क्या !

आफूभित्रको के कुरालाई आफ्नो शक्ति ठान्नुहुन्छ ?

अरूलाई छिट्टै विश्वास गर्दिन । गरेपछि गाह्रो हुन्छ । (हाँस्दै) 

आफ्नो मन नपर्ने बानी ? 

म स्ट्रेट फर्वाड छु । ल्याङफ्याङ छैन, जे हो त्यही देखाउँछु (हाँस्दै) । कहिलेकाहीँ यसो हुनु घाटा रैछ । 

टिभी, फिल्म र बिजनेसमध्ये केमा मज्जा ? 

मज्जा त मुभीमै हो । 

प्रकाशित: २० श्रावण २०७५ ०९:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App