coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

निमोनिया भएपछि हिलारीको चुनावी अभियान रद्द

वासिङटन—डेमोक्रयाटिकतर्फबाट राष्ट्रपतिको उम्मेद्वार हिलारी क्लिन्टनलाई निमोनिया भएपछि उनले चुनावी अभियान रद्द गरेको उनकी चिकित्सकले बताएकी छन्।

हिलारीकी निजी चिकित्सक डा. लिजा बार्डकले हिलारी गत शुक्रबार सम्पन्न ९÷११ सम्मेलनमा  अस्वस्थ भएपछि उनलाई अस्पताल लगिएको र उनलाई निमोनिया भएको पाइएको बताएकी छन्।

उनले एक विज्ञप्ति निकाल्दै भनेकी छन्, ‘हिलारीलाई निमोनिया भएको छ र उनी अहिले उनको स्वास्थ्य अवस्था सुधार हुँदैछ।’ उनले अस्वस्थताका कारण नै सोमबार क्यालिफोर्नियामा हुने भनिएको चुनावी अभियान रद्द गरिएको जनाएकी छन् ।

केही समय पहिले उनका प्रतिद्वन्द्वीका रुपमा रहेका रिपब्लिकनका उम्मेद्वार  डोनाल्ड ट्रम्पले हिलारी मानसिक र शारीरिक रुपमा असक्षम भएको भन्दै उनले राष्ट्रपति भएपछि राम्रो काम गर्न नसक्ने बताएका थिए। चुनावी अभियानलाई नै असर पर्ने गरी हिलारी अस्वस्थ भएपछि ट्रम्पको भनाइलाई बल पुगेको विश्लेषकले बताएका छन् ।

 

प्रकाशित: २७ भाद्र २०७३ ०७:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App