समय अगावै ४ सय मिटरको पक्की पुल निर्माण

आइतबार, २० साउन २०७५, १४ : ५८ अनिल भण्डारी

1036


सिन्धुली – हेटौडा–सिन्धुली–चतरा राजमार्ग अन्र्तगत यहाँको मरिण गाउँपालिकास्थित कपिलाकोट कल्पबृक्ष जोड्ने पक्की पुल समय अगावै निर्माण भएको छ। 

२०७३ असार २९ गते ठेक्का सम्झौता भइ २०७६ पुस २८ गते निर्माण सम्पन्न गर्ने गरी कालिका–रसुवा–तुदी जे.भी काठमाडाैंले ठेक्का लिएकोमा सम्झौता अगावै काम सम्पन्न भएको हो। शिलान्यास भएको २० महिनामा ठेकेदार कम्पनीले काम पुरा गरी उदारणीय काम गरेको छ। सिन्धुलीकै रानीबास र हत्पते जोड्ने गरी कमलानदीमा निर्माण सुरु भएको पुल ८ वर्षमा पिल्लरको काम मात्रै भइ अलपत्र भइरहेको समाचार सार्वजानिक भइरहदा मरिण पुल भने सम्झौता अगावै सकिएको हो।

२०७३ साल मंसिर १२ गते तत्कालिन माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त पुलको शिलान्यास गरी सम्झौता अवधी अगावै निर्माण कार्य सम्पन्न गरेमा पुरस्कृत गर्ने आश्वासन दिएपछि ठेकेदार कम्पनीले कामलाई तिब्रता दिएको थियो। जिल्लामा निर्माणधिन पुलमध्ये कपिलाकोट कल्पबृक्ष जोड्ने पुलको कार्य भने तिब्र गतिमै भइ काम सम्पन्न भएको स्थानीयको भनाई छ।

पुलको सिलान्यास भएदेखिनै ठेकेदार कम्पनीले तिब्र गतिमा काम गरेको थियो, सोही अनुसार सम्झौता अवधी भन्दा झन्डै १ वर्ष अगाडिनै पुल निर्माणको कार्य सम्पन्न भएको छ, एक स्थानीयले भने, ‘पुलको गुणस्तरमा पनि खासै कमजोर केही देखिदैन राम्रो काम भएको छ।’ वर्षेनी ८–१० जनालाई मरिण खोला तर्ने क्रममा खोलाले बगाएर अकालमा ज्यान गुमाउनुपर्ने अवस्था थियो, समयमानै पुल बनेपछि त्यसबाट मुक्त मिलेको छ, स्थानीय बाशु मैनालीले भने,‘निर्माण सुरु भएको २० महिनामै निर्माण सम्पन्न भएको छ।’ उनले मरिण पुल निर्माण सम्पन्न भएपछि धेरै स्थानीयलाई राहत मिलेको छ।

खोला तर्ने क्रममा ज्यान गुमाउनुपर्ने अवस्था थियो, त्यतीमात्र नभएर सवारी आवातजावत बन्द हुने गरेको थियो, यो सबैबाट समयमै मुक्त मिलेको छ, उनले थपे। ४ सय मिटर लम्बाई रहेको पुल निर्माणको भ्याट समेत गरी कुल लागत ४३ करोड ५० लाख रहेको निर्माण कम्पनीका राजेन्द्र आचार्यले जानकारी दिए। पुल निर्माणमा स्थानीयलाई कुनै गुनासो गर्ने बाटो बाँकी नराखी काम भएको आचार्यले जनाए।

तिब्र गतिमै काम भएकाले समय अगावै निर्माण सम्पन्न भएको हो, मरिण गाउँपालिका प्रमुख पानीराज बम्जनले भने,‘गाडीनै अवातजावत गर्न त पुलबाट दिइएको छैन, तर निर्माणको काम पुरै सम्पन्न भइसकेको छ। उनले भदौमा पुलको उद्घाटन गरी सवारी आवातजावतका लागि छाडिने जनाए। चार सय मिटरको पुलमा आठ ओटा स्पान निर्माण गरिएको छ। पुलको निर्माणमा देशभर ढिलाई भएको चर्चा चलिरहदा सिन्धुलीको मरिणमा निर्माण भएको यस पुलको काम भने तिब्र गतिमा भएको हो। 







यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

किम कार्दशियन जेलमा !

किम कार्दशियन जेलमा !

अमेरिकी टिभी स्टार किम कार्दशियन जेल पुगेकी छिन्। क्यालिफोर्नियाको ‘इन्सिट्युसन फोर विमन इन कोरोना’ नामक जेलमा आफ्ना बडिगार्डका साथ पुगेकी...

सविताका चित्रमा कपाल र काइँयो

सविताका चित्रमा कपाल र काइँयो

कुनै निर्जिव वस्तुमा जीवन खोजिनु कन्टेम्पोरेरी चित्रको विशेषता हो । चित्रकार सविता डंगोल त्यस्ता वस्तुसँग मानवका सोच प्रत्यक्ष जोडेर आफ्ना...

रुपाको ‘हिम्मत भाकी छोरी’

रुपाको ‘हिम्मत भाकी छोरी’

बाल्यवस्थामा नै बिजुलीको करेन्टका कारण दुबै हात गुमाएकी रुपा रौतारले ‘डेब्यु’ एल्बम ‘हिम्मत भाकी छोरी’ श्रोतामाझ ल्याएकी छन्। ...

‘गोपी’मा भित्रिए विपिन र वर्षा

‘गोपी’मा भित्रिए विपिन र वर्षा

छायांकनको मिति नजिकिँदै गर्दा फिल्म ‘गोपी’मा अनुबन्धित दुई कलाकारले हात झिकेपछि उनीहरूको स्थानमा नयाँ कलाकार अनुबन्धित भएका छन्। ...