४ वैशाख २०८१ मंगलबार
राजनीति

सात विधेयक संसद्मा पेश गरिने

काठमाडौं – सरकारले विभिन्न विषयका सात विधेयक संघीय संसद्मा पेश गर्ने निर्णय गरेको छ। 

सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक र भुक्तानी तथा फछ्र्योट विधेयक संसद्मा पेश गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए। 

बैठकले उपभोक्ता संरक्षणसम्बन्धी कानून संशोधन गर्न बनेको विधेयक, अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी ऐन, २०७४ लाई संशोधन गर्न बनेकोे विधेयक, नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक र संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक संसद्मा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता बाँस्कोटाले बताए। (रासस)

प्रकाशित: २० श्रावण २०७५ ०८:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App