८ वैशाख २०८१ शनिबार
राजनीति

पंगेनीको निधनमा शोकप्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं – प्रतिनिधिसभाको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेका पूर्वसांसद कमलप्रसाद पंगेनीको निधनमा शोकप्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। बैठकले उनको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरेको थियो।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले पंगेनीको निधनमा शोकप्रस्ताव प्रस्तुत गरेका थिए।

पंगेनी २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं. २ बाट संविधानसभा सदस्य पदमा निर्वाचित भएका थिए।

ऐतिहासिक जनआन्दोलन २०४६ र गणतान्त्रिक ÷प्रजातान्त्रिक लगायतका आन्दोलनमा अहं भूमिका निर्वाह गरेका पंगेनी नेपाली कांग्रेस स्याङ्जा जिल्ला कार्यसमिति सभापति र समाजसेवीसमेत थिए। पंगेनीको आइतबार विहान स्याङ्जास्थित आफ्नै निवासमा ५६ वर्षको उमेरमा हृदयघात भई निधन भएको थियो।

प्रतिनिधिसभाको अर्को बैठक साउन २१ गते सोमबार दिनको २ बजे बस्नेछ। रासस

प्रकाशित: २० श्रावण २०७५ ०६:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App