८ वैशाख २०८१ शनिबार
अर्थ

एक सय हजार टन कारोबार गर्ने लक्ष्य

चितवन, साउन १९ (नागरिक)– पञ्चकन्या ग्रुपले चालु आर्थिक वर्ष एक हजार टनभन्दा बढीको स्टिल कारोबार गर्ने लक्ष्य राखेको छ।

गत आर्थिक वर्षको समीक्षा गर्दै ३५ प्रतिशत बिक्री बढाउने लक्ष्य राखिएको ग्रुपका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले बताए। ग्रुपले अघिल्लो वर्ष २५ प्रतिशतले कारोबार बढाउने लक्ष्यअनुसार प्रगति हासिल गरेको उनले बताए। 

पूर्वाधार निर्माणले तीव्रता पाउँदा निर्माण सामग्रीको कारोबार बढ्ने भएकाले सरकारले आवश्यक नीति ल्याउनुपर्ने उनी बताउँछन् । ‘निर्माणको काममा कुनै अवरोध हुनु हुँदैन,’ उनी भन्छन्, ‘त्यसले नै निर्माण सामग्रीको बिक्रीवितरण बढाउँछ ।’ पञ्चकन्या ग्रुपअन्तर्गतको पञ्चकन्या स्टिलको मुलुकभर रहेका डिलरसँग अनुभव आदानप्रदान गरेर भावी कार्ययोजना र रणनीति बनाउन चितवनमा वार्षिक डिलर सम्मेलन आयोजना गरिएको छ।

शुक्रबारबाट सुरु भएको सम्मेलनमा मुलुकभरका ८५ वटा डिलरका प्रतिनिधि सहभागी रहेको ग्रुपका प्रबन्धक रामराजा बस्नेतले जानकारी दिए । ग्रुपले अहिले ९५ वटा डिलरमार्फत स्टिलको कारोबार गर्दै आएको उनले बताए । बजारमा नयाँ–नयाँ कम्पनी आउँदै गर्दा थपिएको चुनौती पार गर्दै आफ्नो उत्पादनको कारोबार बढाउने रणनीति रहेको बस्नेतले बताए।

प्रकाशित: २० श्रावण २०७५ ०५:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App