८ वैशाख २०८१ शनिबार
समाज

हाइलक्स दुर्घटनामा वेपत्ता भएका दुईको शव भेटियाे

पाल्पा – रिब्दीकोट गाउँपालिका–६, ठिमुरे ढुस्टुङ्मा हाइलक्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बा १ च ८९७० नम्बरको हाइलक्स दुर्घटना हुँदा तानसेन नगरपालिका–१० गणशालका २५ वर्षीय विवेक पौडेल र चालक ३६ वर्षीय टंक को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरिक्षक अमृत भण्डारीले बताए। शनिबार दिउँसो देउरालीबाट तानसेन आउँदै गरेको हाइलक्स दुर्घटना भएको थियो।

जीप कच्चि सडकभन्दा झण्डै १०० मिटर तल खसेको छ। अप्ठ्यारो भीर भएकोले उद्दारमा समस्या भएकाले ढीलाई भएको प्रहरीले जनाएको छ।

मृतक दुबै जनाको शव आइतबार बिहान १० बजे नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीले स्थानीयको सहयोगमा निकालेका हुन्। शनिबार राती भएको र उद्दारमा समस्या भएपछि आइतबार बिहानैदेखी शव निकाल्ने प्रयास गरिएको थियो।  

विद्युत् सम्बन्धी काम गर्नका लागि तानसेनबाट गएको हाइलक्स दुर्घटनामा परेको हो। सडकको छेउ भासिएर चिप्लो र कच्ची सडक भएकोले दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ।

प्रकाशित: २० श्रावण २०७५ ०५:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App