coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

एफटिटिएचमा भ्वाइस सेवा पनि सुरु

काठमाडौं – नेपाल टेलिकमले वितरण गरिरहेको ‘फाइबर टू दी होम’ (एफटिटिएच) सेवा अन्तर्गत इन्टरनेट सेवाको साथै आइपी प्रविधिमार्फत चल्ने भ्वाइस टेलिफोन सेवा पनि प्रदान गर्न सुरु गरेको छ।

सेवा थालनीको अवसरमा साउन १० गतेदेखि ३ महिनाको लागि प्रमोसनल अफरको रुपमा कम्पनीको नेटवर्कभित्र भ्वाइस सेवा निःशुल्क गरिएको टेलिकमले जनाएको छ । आइपी बेस्ड प्रविधि अन्तर्गतको एफटिटिएच सेवामा उच्च गतिको गुणस्तरीय डाटाका साथै सोही फाइबरबाट भ्वाइस सेवा समेत उपलब्ध हुन्छ।

यसका लागि ग्राहकलाई नयाँ नम्बर प्रदान गरिने टेलिकमले जनाएको छ । हाल यो भ्वाइस सेवा एफटिटिएच सेवा वितरण भइरहेका स्थानमा डाटाका साथ उपलब्ध गराइएको छ । बाँकी स्थानमा पनि एफटिटिएच विस्तारसँगै क्रमशः उपलब्ध गराइने टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ । हाल काठमाडौं उपत्यकाको कीर्तिपुर, सैंबु, गोंगबु, गोठाटार, दरबारमार्ग, ठमेल, हात्तीसार, जावलाखेल, लगनखेल, कलंकी र उपत्यकाबाहिर भरतपुर राजमार्ग क्षेत्र, बुटवल, वीरगन्ज तथा पोखरा लेकसाइड क्षेत्रमा यो सेवा उपलब्ध छ।

नेपाल टेलिकमले मुलुकभर उच्च गतिको डाटा सेवा उपलब्ध गराउने योजना अनुरुप फाइबरबाट उच्च गतिको एफटिटिएच सेवा वितरण गरिरहेको छ । साथै कम्पनीले एफटिटिएच सेवा बृहत् रुपमा विस्तारको लागि आवश्यक पूर्वाधार निर्माण गरिरहेको छ । परम्परागत कपर नेटवर्कको सट्टामा ग्राहकको घरसम्म अप्टिकल फाइबर पुर्याई त्रिपल प्ले (भ्वाइस, हाइ स्पिड इन्टरनेट, भिडियो) सेवा प्रदान गर्न सकिने भएकोले यो सेवा प्रभावकारी हुने टेलिकमको बताएको छ। 

ग्राहकमाझ सस्तो तथा सुलभ दरमा एफटिटिएच सेवा उपलब्ध गराउन हाल मनसुन अफर अन्तर्गत  विभिन्न प्याकेजको रुपमा सहुलियतपूर्ण महसुलमा सेवा उपलब्ध गराइएको टेलिकमको भनाइ छ । व्यक्तिगत र कर्पोरेट ग्राहकका लागि फरकफरक महसुल दर निर्धारण गरिएको छ।

 

प्रकाशित: २० श्रावण २०७५ ०५:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App