७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

उत्तर कोरिया अर्को परमाणु परीक्षणको तयारीमा

सोल–दक्षिण कोरियाका अधिकारीले उत्तर कोरिया अर्को परमाणु परीक्षणको तयारीमा रहेकोे दाबी गरेका छन्। उत्तर कोरियाले गत शुक्रबार आफ्नो पाँचौ परमाणु परीक्षण गरेको थियो जुन निकै शक्तिशाली रहेको थियो।

दक्षिण कोरियाको रक्षा मन्त्रालयका प्रवक्ताले भने, ‘प्योङयाङमा रहेको परीक्षण केन्द्र नजिकै अझै पनि प्रयोग नगरिएका टनेलहरु रहेका छन्, यसको अर्थ उत्तर कोरियाले जुनसुकै बेला पनि छैठौं परमाणु परीक्षण गर्न सक्छ।

उत्तर कोरियाले प्रतिबन्धका बाबजुद लगातार परमाणु परीक्षण गरेपछि राष्ट्रसंघले उत्तर कोरियामाथि  थप प्रतिबन्ध लगाउने बताइसकेको छ। त्यस्तै विश्वका शिर्ष नेताहरुले पनि उत्तर कोरियाको यस कदमको विरोध गर्दै आएका छन्।
 

 

प्रकाशित: २७ भाद्र २०७३ ०६:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App